• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

दमकमा नेपथ्य, महामारीपछिकै भव्य पुनरोदय

64x64
नेपाल लाइभ शनिबार, वैशाख ३, २०७९  ०७:२०
1140x725

काठमाडौं– महामारीकालीन लामो विश्रामपछि नयाँवर्षकै दिन नेपथ्यको भव्य पुनरोदय पूर्वको शहर दमकबाट भएको छ। एकपछि अर्को ‘लकडाउन’ले दुइ वर्षसम्मै बिथोलिएको यो सहर बिहीबार फेरि जागेको देखिन्थ्यो। साँझ पर्दै गएपछि सरस्वती माध्यमिक विद्यालयको फराकिलो फुटबल मैदान पूर्वाञ्चलभरिबाट भेलाभएका युवा युवतीले टन्नै भरिएको थियो भने मञ्चबाट छरिएको उज्यालोका आभाले भुइँदेखि लिएर आकाशसम्मलाई चम्किलो बनाएको थियो।

यस्तै माहोलका बीच टोलीसहित उपस्थित ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले नयाँ वर्षको शुभकामना प्रकट गर्दा दर्शक दीर्घाबाट चर्को आवाजका साथ स्वागत गरिएको थियो। अमृतले कन्सर्टको प्रारम्भ नै पूर्वी नेपालबाटै संकलित गीत ‘कोशीको पानी यो जिन्दगानी...’ बाट गरेका थिए। उक्त गीत उनले पैदल यात्राका क्रममा चैनपुरवासी पुराना लोकगीत साधक डिल्ले दमाइबाट संकलन गरेका थिए।

त्यसपछि लाङटाङ क्षेत्रबाट संकलन गरिएको ‘भेँडाको ऊनजस्तो’ हुँदै ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’, ‘चरि मर्‍यो’ अनि ‘जोमसोमे बजार’ले निरन्तरता दिउन्जेल मैदानका अधिकांश भागमा नृत्यरत तन्नेरीहरु देखापर्न थालिसकेका थिए। मुलुकका फरक फरक भेगको प्रतिनिधित्व गर्ने यी गीतहरु प्रस्तुत गर्दाका क्रममा अमृतले उपस्थित श्रोता दर्शकलाई आफ्नो देश घुम्न र यसलाई बुझ्न अनुरोध पनि गरिरहेका थिए। चुनावको माहोलमा डुब्दै गरेको दमकमा उपस्थित दर्शकलाई उनले मतदानका निम्ति प्रोत्साहित गर्दै भविष्यका प्रति आशावादी हुन हौस्याए। मुलुकमा ब्याप्त बेथितिका चर्चा गर्नुका साथै नयाँ वर्षसँगै सकारात्मक सोचको विकास गर्न आह्वान पनि गरे।

करिब दुइ दशकअघि ‘शान्तिको लागि शिक्षा’ अभियानका साथ नेपथ्य दमकमा उपस्थित हुँदा व्यवस्थित होटल समेत नपाइएको यो शहरको हेर्दाहेर्दै कायाकल्प भएकामा उनले खुशी प्रकट गरे। त्यतिबेला कन्सर्टबाट उठेको रकमले शहरकै उत्तरी कुनामा रहेको हिमालय माध्यमिक विद्यालयको भवन निर्माणमा सघाउने काम गरिएको थियो।

‘मै मरि जाउँला’, ‘शिरफूल शिरैमा’, ‘जोगले हुन्छ भेट’, ‘आँगनै भरि’ देखि ‘यो जिन्दगानी’ सम्म एकपछि अर्को सर्वकालीन हिट गीत सुनाउँदाकै क्रममा बाह्रौ गीतको पालो आउँदा भने माहोलमा नयाँ तरंग फैलियो। त्यतिबेला नेपथ्यले कन्सर्टका दर्शकहरुलाई आफ्नो नयाँ गीत सुनाउने जमर्को कसेको थियोः

‘लेकैको लालीगुराँस, काली काली केशलाई
साइँली मोरीलाई
पाखैको चिसो बतास, डाली डाली फूललाई
साइँली मोरीलाई’

गीतकार मन्जुलले १९ वर्षकै उमेरमा रचना गरेको यो गीति कविता पछि पुस्तकका रुपमा पनि प्रकाशित भयो।
‘पुस्तक पढ्दैगर्दा यो कविताले मलाइ मोहित पारेको थियो,’ अमृत भन्छन्, ‘बारंबार पढेकाले कविता कण्ठस्थै थियो।’ तर, उक्त कवितालाई गीतमा ढाल्ने काम भने अमृतले निकै पछि गरेका रहेछन्।

‘झण्डै एक दसकअघि म पैदल यात्रा गर्दै पूर्वतर्फ लाग्दा एउटा दृश्यले मलाई भित्रैदेखि रोमाञ्चित बनाएको थियो,’ उनी भन्छन्, ‘ओखलढुँगाको कोष भञ्ज्याङमा हिँड्दा हिँड्दै उत्पन्न त्यो रोमाञ्चकताले नै मलाई त्यस पुरानो कविताको सम्झना गराइदियो।’

Ncell 2
Ncell 2
nimb
nimb

अमृतका अनुसार त्यस दिन भर्खर विहे गरेर आएको एउटा जोडी केहि छिनको निम्ति सहयात्री बन्न पुगेका थिए। उनले त्यस जोडीको तस्बिर खिच्न खोजे। तस्बिर खिचाउँदै गर्दा हौसिएका बेहुलाले अचानक श्रीमतीको कुममा हात राखे। बेहुली पहिरनमा रंगीएकी नवविवाहिताको अनुहार त्यसबखत राताम्मे बन्न पुगेको थियो। ‘त्यो दृश्यले मलाइ यस्तरी झक्झक्यायो,’ अमृत भन्छन्, ‘त्यसको दुइ तिन दिनमै दिक्तेलतर्फ उक्लँदै गर्दा लालीगुराँसले राताम्मे डाँडामा बसेर मैले त्यस कवितालाई संगीतबद्ध पारेको हुँ।’

गीतको अर्को अन्तरा अलिक बेग्लै सुनिन्छः
‘कलकले पानीको छलछले छाँगा
छाँगाले पारेको चिसो सियाल
साइँली मोरीलाई’

अमृतका अनुसार त्यो अन्तरालाई खोटाङको निर्मली भञ्ज्याङबाट भोजपुरको चखेवातर्फ उक्लँदै गर्दा बाटोमा पर्ने झरना देखेपछि संगीतवद्ध गरिएको थियो।

‘यसरी दशक अगाडि पूर्वाञ्चलको पैदल यात्रामा तयार पारेको गीतलाई मैले नयाँ परिवेशसहित सुरुभएको नयाँ वर्षकै दिन पारेर पूर्वाञ्चलकै कन्सर्टमा कोसेलीस्वरुप पहिलोपटक प्रस्तुत गरेको हुँ,’ अमृतले स्पष्ट पारे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जति रात पर्दैगयो उति रमाउँदै गएका दर्शकसामु त्यसपछि पनि नेपथ्यले लगातार ‘गाउँ गाउँबाट उठ’, ‘हिमाल चुचुरे’, ‘मै नाचे छमछमी’, ‘तालको पानी’ र ‘रेशम’ हुँदै अन्त्यमा ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरेपछि विदा लिएको थियो।

कन्सर्टमा उपस्थित दर्शकहरु पूर्वाञ्चलका विभिन्न भेगबाट आइपुगेका देखिन्थे। तिनैमध्ये नेपथ्यलाई अनुभव गर्नका निम्ति बिर्तामोड देखि आएका जन्मैदेखि नेत्रज्योती गुमाएका विवेक भट्टराइ पनि थिए।

आफूजस्तै अवस्थाका साथी रमेश चौलागाइसँगै आएको जानकारी दिइरहँदा उनी अर्कोतिर मञ्चबाट आइरहेको आवाजमा आवाज मिलाएर गाउने क्रमलाई पनि जारी राख्दै थिए। ‘गीत भनेको सुन्ने कुरा नै हो,’ कन्सर्टका बेला दृश्य अनुभव गर्न नपाए पनि आफूलाई कुनै पछुतो नभएको बताउँदै उनले थपे, ‘नेपथ्यका गीत सुनेरै हुर्केका कारण असाध्यै रमाइलो लागिरहेको छ।’

पाँच हजार दर्शकले भरिएको भीडमै कन्सर्ट हेर्नकै निम्ति सिक्किमको सोरेङबाट आएका नविन र विश्वास लिम्बु अनि सिक्किमकै गेजिङबाट आएका मन्दिप सुब्बा पनि देखिन्थे। आफूहरुले सिक्किमको जुनसुकै भेगमा आयोजना हुने नेपथ्यको कन्सर्टमा सदैव उपस्थिती जनाउँदै आएकोमा यसपाला लामो समयको न्याश्रो मेट्नका लागि नेपालकै यात्रासमेत गरेको जानकारी उनीहरुले दिए।

स्थानीय ‘नेपाली टच’ र ‘ध्रुवतारा स्पोर्टिङ क्लब’ को अगुवाइमा आयोजना गरिएको कन्सर्टमा गायक अमृतलाई सँधैझै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
 

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  ०७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' गीत लेख्ने समयमा पाकिस्तानको कारगिलमा लडाइँ चलिरहेको थियो । भारत–पाक यो युद्धमा धेरै नेपालीले ज्यान गुमाए। ‘रेडियोमा नेपालीको मृत्यु... बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो दशैं को आगमन हुनासाथ यो गीत गाउँघर वा सहरबजारमा गुन्जन थाल्छ। दशैं आएको आभास पछिल्लो २ दशकदेखि यो गीतले पनि दिन थालेको छ। यो गीत फि... बुधबार, कात्तिक ४, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्