• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

केन्द्रमा कांग्रेसको संसदीय समिति अझै बनेन, महानगरका उम्मेदवारको निर्णय केन्द्रीय समितिले गर्ने तयारी

64x64
बीपी अनमोल शुक्रबार, वैशाख २, २०७९  २२:३४
1140x725

काठमाडौं–स्थानीय तहको चुनाव आउन २८ दिनमात्र बाँकी छ। निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवार मनोनयनको मिति वैशाख ११ र १२ पनि नजिकिइसक्यो। तर सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने उम्मेदवार चयन गर्न गठन गर्नुपर्ने संसदीय समितिसमेत गठन गर्न सकेको छैन। 

कांग्रेसको विधानमा उम्मेदवारको मनोनयन हुनुभन्दा एक महिना अगावै पार्टीका उम्मेदवारको टुंगो लगाइसक्नुपर्ने व्यवस्था छ। ‘संघीय संसद, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न विभिन्न तहमा संसदीय समिति गठन गरिनेछ,’ विधानमा भनिएको छ।

जिल्ला र प्रदेशहरुमा भने यस्ता समिति गठन गरिएका छन्। कांग्रेस चुनावको दुई महिना अघि चुनावी अभियान लिएर गाउँ पसेको थियो। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत पनि केन्द्रबाहेक प्रदेश र जिल्लाहरुको हकमा संसदीय समिति बनिसकेको बताउँछन्। 

नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले पनि प्रदेश संसदीय समिति गठन भइसकेको जानकारी दिए। ‘प्रदेश र जिल्लाले समिति बनाएर केन्द्रमा भएको सहमतिअनुसार काम भइरहेको छ,’उनले भने,‘तालमेलका विषयमा सिट बाँडफाँडको विषय टुंगिसकेको छैन।’

नेपाली कांग्रेसको विधानको धारा ३१ मा संसदीय समितिसम्बन्धी व्यवस्था गरिएको छ। विधानले प्रतिनिधिसभा क्षेत्र संसदीय समिति, जिल्ला संसदीय समिति, प्रदेश संसदीय समिति र केन्द्रीय संसदीय समिति गठन गर्नुपर्ने उल्लेख छ। विधानको धारा ६० मा ‘पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग÷समिति÷विभिन्न निकायहरु महाधिवेशन भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्दछ’ भनिएको छ। नेपाली कांग्रेसको महाधिवेशन गत मंसीरमा सम्पन्न भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

गत चैत दोस्रो साता बसेको केन्द्रीय कार्यसमितिको बैठकले समिति गठन गर्ने भनिएको थियो। तर, अन्तिममा आएर निर्णय हुन सकेन। महानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवार चयन केन्द्रीय संसदीय समितिले गर्नुपर्ने हुन्छ। 

‘६ वटा महानगरको प्रमुख र उपप्रमुख संसदीय समिति बनाएर नै गर्नुपर्ने हो,’ प्रवक्ता महतले भने,‘अहिले गठन भइसकेको छैन। त्यसो हुँदा तत्काल नबने पनि केन्द्रीय कार्यसमितिले अनुमोदन गरेर निर्णय गर्न सक्छ।’ यसअघि राष्ट्रिय सभा सदस्यको निर्वाचनको समयमा उम्मेदवार चयन केन्द्रीय संसदीय समिति गठन गरेर गर्नुपर्ने माग उठे पनि सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिबाटै नै निर्णय गरेका थिए। 

विधानले केन्द्रीय कार्यसमितिका सभापतिकै सभापतित्वमा केन्द्रीय संसदीय समिति गठनको व्यवस्था गरेको छ। केन्द्रकै ढाँचामा प्रदेश, जिल्ला र प्रतिनिधिसभा क्षेत्रमा पनि संसदीय समिति गठन हुन्छन्। सह–महामन्त्री किशोरसिंह राठौर संसदीय समिति नबने पनि आन्तरिक तयारी भइरहेको बताउँछन्। ‘अहिले जिल्ला र प्रदेशहरुबाट नामावली नै आइसकेको छैन,’उनले भने,‘पार्टीले महानगरको हकमा उम्मेदवार चयन गर्ने विषयमा छलफल गरिरहेको छ।’ 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अर्का सह–महामन्त्री बद्री पाण्डे केन्द्रीय संसदीय समितिले ६ वटा महानगरमा उम्मेदवारको निर्णय गर्ने भएकाले धेरै समय नलाग्ने बताउँछन्। ‘चयन गर्ने संसदीय समितिले नै हो। अहिलेसम्म बनिसकेको छैन,’उनले भने,‘यस विषयमा सभापति ज्यूले छिट्टै निर्णय लिनुहुन्छ।’ केही समय ढिलो भए जस्तो देखिए पनि पार्टीले छिट्टै निर्णय गर्ने उनी बताउँछन्।

प्रवक्ता महतले गठबन्धनमा समझदारी भए अनुसार जिल्ला–जिल्लाबाट शनिबारसम्ममा उम्मेदवारको विषयमा सिफारिस भइसक्ने बताउँछन्। ‘साथीहरु तल्लो तहमा काम गरिरहनुभएको छ। सबै क्षेत्रको निष्कर्ष आइसकेपछि विधानले दिएको व्यवस्था अनुसार उम्मेदवारको चयन हुन्छ,’उनले भने। 

पाँच दलीय गठबन्धनले तालमेल गरेर जाने सहमति गरे पनि सिट बाँडफाँडको विषय टुंगो लगाइसकेका छैनन्। यसका लागि गठित संयन्त्र र सम्बन्धित दलले आवश्यक तयारी गरिरहेका छन्। जसका कारण उम्मेदवारका आकांक्षीहरु प्रचारप्रसार गर्न पनि अन्योल नै देखिएका छन्। 

प्रमुख प्रतिपक्षी एमालेले उम्मेदवार टुंगो लगाउनेदेखि सिफारिसका काम तीव्र रूपमा अघि बढाइरहेको छ। 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  २२:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) सातै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर... बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधवार संसदीय सुनुवाइ समितिमा आफ्नो योग्यता, अनुभव तथा कार्य योजना प्रस्तुत गर्दै उनले दुई देशबीचको सात दशक लामो ऐतिहासिक सम्बन्धलाई... बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि यस्तो जवाफ दिए... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्