चरिकोट– दोलखाको भीमेश्वर नगरपालिका–५ तामाकोसीमा करेन्ट लागेर मृत्यु भएका व्यक्तिको शव शुक्रबार आफन्तले बुझेका छन्।
बिहीबार दिउँसो तामाकोसी बजारमा तार मर्मत गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारी महोत्तरी जिल्ला डाँडागाउँ गाउँपालिका–२ का २० वर्षीय असल्ल अन्सारीको करेन्ट लागेर मृत्यु भएको थियो।
नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण प्राधिकरणमै कार्यरत कर्मचारीको ज्यान गएको भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन्। निजको पशुपति चौँलागाईं स्मृति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।