• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एउटा फिल्मका लागि कति पारिश्रमिक लिन्छन् दक्षिण भारतीय कलाकार?

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २, २०७९  १४:५१
1140x725

काठमाडौं– विश्वव्यापी रुपमै दक्षिण भारतीय फिल्म क्षेत्र विस्तार भइरहेको छ। कुनै बेला नेपालमा बलिउडका फिल्मले पारेकोभन्दा ठूलो प्रभाव अहिले दक्षिण भारतीय फिल्म क्षेत्रले पारिरहेका छन्।

गत पुसमा प्रर्दशनमा आएको ‘पुष्पाः द राइज’हुँदै ‘आरआरआर’देखि बिहीबार प्रदर्शनमा आएको ‘केजिएफ २’लाई हेर्दा दक्षिण भारतीय फिल्मप्रति नेपालमा बढिरहेको क्रेज देख्न सकिन्छ। 

विश्वबजारमा सैयौं करोडको आम्दानी गर्ने यी दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने अभिनेताहरुको पारिश्रमिक पनि कम छैन।

दक्षिण भारतीय फिल्ममा प्रायः देखिने र चर्चित रहेका अभिनेताहरुमध्ये केहीको पारिश्रमिक सय करोडसम्म छ। उनीहरुमध्ये केहीले एउटै फिल्ममा काम गरेवापत सय करोड पारिश्रमिकसम्म लिने गरेका छन्।

कसले कति लिन्छन्? 
दक्षिण भारतीय फिल्म क्षेत्रमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेताहरुमा थुप्रैको नाम आउँछ। तर, सबैभन्दा धेरै पारिश्रमिक लिनेहरुमा भने अभिनेता रजनीकान्त र प्रभास छन्।

रजनीकान्त दक्षिण भारतीय सिनेमाका एउटा युग हुन्। उनीप्रति दर्शकमा भएकौ श्रद्धाको भावना उनका फिल्म प्रदर्शन हुँदाको समयमा देखिन्छ। उमेरले बृद्ध हुँदै गए पनि रजनीकान्त फिल्ममा अझैं अभिनय गरिरहेका हुन्छन्।

भारतीय सञ्चारमाध्यममा आएका रिपोर्टकाअनुसार रजनीकान्तले एउटा फिल्म गरेवापत ९० देखि १०० करोड भारतीय रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन्। दर्शकमा रजनीकान्तप्रति भएको क्रेजका कारण निर्माताले पनि उनलाई यो रकम सहजै दिने गरेका छन्। 

अर्का अनिनेता प्रभास पनि रजनीकान्त जत्तिकै धेरै पारिश्रमिक पाउने कलाकार हुन्। एसएस राजमौली निर्देशित फिल्म ‘बाहुबली’मा गरेको अभिनय पछि प्रभासको पारिश्रमिक पनि ह्वात्तै बढेको छ। हाल उनले एक फिल्म खेलेवापत सय करोडसम्म पारिश्रमिक लिने गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

केजिएफका लागि यशको पारिश्रमिक २५देखि ३० करोड
बिहीबारबाट सिनेमा हलमा प्रदर्शनमा आएको फिल्म ‘केजिएफ २’ले अहिले विश्वभर नै चर्चा कमाइरहेको छ।

फिल्मले पहिलो दिनको प्रदर्शनबाटै विश्वव्यापी रुपमा १४० करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ। 

त्यसो भए फिल्मका मुख्य अभिनेता रकि भाइ अर्थात् यशले अभिनयका लागि कति पारिश्रमिक पाए त?
सञ्चारमाध्यममा आएका रिपोर्टकाअनुसार १२० करोड भारतीय रुपैयाँको लगानीमा बनेको फिल्मका लागि यशले २५ देखि ३० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन्।

यशको २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘केजिएफ’ प्रदर्शनमा आउनुअघि कन्नड फिल्महरुमा मात्रै चर्चा थियो। तर, केजिएफ प्रर्दशनमा आएसँगै यशको चर्चा र फिल्ममा उनको माग पनि उत्तिकै बढेको छ। 

‘केजिएफ २’को चर्चासँगै यशको  पारिश्रमिकमा पनि अब बृद्धि हुने बताइएको छ।

‘विष्ट’का लागि विजयको पारिश्रमिक ७० करोड
बाल्यकालबाटै फिल्म क्षेत्रमा अभिनय सुरु गरेका विजय पछिल्लो समयका निकै चर्चित दक्षिण भारतीय अभिनेता हुन्।

१९९० को दशकमा उनी अभिनित फिल्म ‘पोभे उनाक्कगा’ हिट भएसँगै उनको पारिश्रमिकमा पनि बृद्धि भएको थियो।

उक्त फिल्मले सिनेमा हलमा सिक्भर जुब्ली मनाएको थियो। बुधबारबाट प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘विष्ट’का अभिनेता विजय पनि धेरै पारिश्रमिक लिने कलाकारहरुमध्ये एक हुन्।

उनले पछिल्लो पटक आएको फिल्म ‘विष्ट’का लागि मात्रै ७० करोड भारतीय रुपैयाँ पारिश्रमिकको रुपमा लिएका छन्। 

समाचारमाध्यमका अनुसार ‘विष्ट’ कुल १५० करोड भारतीय रुपैयाँको लगानीमा निर्माण भएको छ। फिल्मले दोस्रो दिनसम्मको प्रदर्शनमार्फत १३० करोड भारतीय रुपैयाँ पनि कमाइसकेको छ। 

‘आरआरआर’का लागि राम चरण र जुनियर एनटिआरले लिए ४५ करोड
एसएस राजमौलीको पछिल्लो फिल्म ‘आरआरआर’ सिनेमा हलमा निकै हिट रह्यो। फिल्मले दुई साताको प्रदर्शनबीच १२ सय करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको थियो। 

उक्त फिल्ममा दक्षिण भारतीय दुई अभिनेता रामचरण र जुनियर एनटिआरको मुख्य भूमिका छ। दुवै कलाकारले फिल्मका लागि ४५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको सञ्चारमाध्यमले जनाएका छन्।

अल्लु अर्जुनदेखि अजितकुमार लिन्छन् यति पारिश्रमिक 
दक्षिण भारतमा अन्य अभिनेताहरु पनि छन् जो दर्शकमाझमा निकै चर्चित छन्। यी कलाकारको पनि पारिश्रमिक निकै धेरै रहेको छ। 

अभिनेता पवन कल्याणले एउटा फिल्ममा अभिनय गरेवापत अहिले ६० देखि ६५ करोड पारिश्रमिक लिने गरेका छन्। त्यस्तै, अभिनेता महेश बाबु ५५ करोड, अल्लु अर्जुन ५० करोड र चिरञ्जिवीले २५ करोड पारिश्रमिक लिने गरेका छन्।

पछिल्लो समयमा चर्चामा आएका अभिनेता अजित कुमारले भने एउटा फिल्मका लागि २५ करोडसम्म पारिश्रमिक लिने गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १४:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा पाली फिल्मका अभिनेता दीपकराज गिरीले बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि राहत कोषमा तीन लाख रुपैयाँ सहयोगको... शुक्रबार, भदौ १२, २०८३
‘मुसुमुसु हाँसिदेऊ’का गायक शान नेपालमा, पशुपतिदेखि मःमसम्मको योजना सन् १९९९ को हिन्दी चलचित्र ‘प्यार मे कभी कभी’मा समावेश नेपाली शब्द रहेको चर्चित गीत ‘मुसुमुसु हाँसिदेऊ’ले उनलाई नेपाली स्रोतामाझ पनि... शुक्रबार, भदौ ५, २०८३
कलंकीमा खुल्यो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन बुधबार, भदौ ३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्