• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एउटा फिल्मका लागि कति पारिश्रमिक लिन्छन् दक्षिण भारतीय कलाकार?

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २, २०७९  १४:५१
1140x725

काठमाडौं– विश्वव्यापी रुपमै दक्षिण भारतीय फिल्म क्षेत्र विस्तार भइरहेको छ। कुनै बेला नेपालमा बलिउडका फिल्मले पारेकोभन्दा ठूलो प्रभाव अहिले दक्षिण भारतीय फिल्म क्षेत्रले पारिरहेका छन्।

गत पुसमा प्रर्दशनमा आएको ‘पुष्पाः द राइज’हुँदै ‘आरआरआर’देखि बिहीबार प्रदर्शनमा आएको ‘केजिएफ २’लाई हेर्दा दक्षिण भारतीय फिल्मप्रति नेपालमा बढिरहेको क्रेज देख्न सकिन्छ। 

विश्वबजारमा सैयौं करोडको आम्दानी गर्ने यी दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने अभिनेताहरुको पारिश्रमिक पनि कम छैन।

दक्षिण भारतीय फिल्ममा प्रायः देखिने र चर्चित रहेका अभिनेताहरुमध्ये केहीको पारिश्रमिक सय करोडसम्म छ। उनीहरुमध्ये केहीले एउटै फिल्ममा काम गरेवापत सय करोड पारिश्रमिकसम्म लिने गरेका छन्।

कसले कति लिन्छन्? 
दक्षिण भारतीय फिल्म क्षेत्रमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेताहरुमा थुप्रैको नाम आउँछ। तर, सबैभन्दा धेरै पारिश्रमिक लिनेहरुमा भने अभिनेता रजनीकान्त र प्रभास छन्।

रजनीकान्त दक्षिण भारतीय सिनेमाका एउटा युग हुन्। उनीप्रति दर्शकमा भएकौ श्रद्धाको भावना उनका फिल्म प्रदर्शन हुँदाको समयमा देखिन्छ। उमेरले बृद्ध हुँदै गए पनि रजनीकान्त फिल्ममा अझैं अभिनय गरिरहेका हुन्छन्।

भारतीय सञ्चारमाध्यममा आएका रिपोर्टकाअनुसार रजनीकान्तले एउटा फिल्म गरेवापत ९० देखि १०० करोड भारतीय रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन्। दर्शकमा रजनीकान्तप्रति भएको क्रेजका कारण निर्माताले पनि उनलाई यो रकम सहजै दिने गरेका छन्। 

अर्का अनिनेता प्रभास पनि रजनीकान्त जत्तिकै धेरै पारिश्रमिक पाउने कलाकार हुन्। एसएस राजमौली निर्देशित फिल्म ‘बाहुबली’मा गरेको अभिनय पछि प्रभासको पारिश्रमिक पनि ह्वात्तै बढेको छ। हाल उनले एक फिल्म खेलेवापत सय करोडसम्म पारिश्रमिक लिने गरेका छन्। 

Ncell 2
Ncell 2

केजिएफका लागि यशको पारिश्रमिक २५देखि ३० करोड
बिहीबारबाट सिनेमा हलमा प्रदर्शनमा आएको फिल्म ‘केजिएफ २’ले अहिले विश्वभर नै चर्चा कमाइरहेको छ।

फिल्मले पहिलो दिनको प्रदर्शनबाटै विश्वव्यापी रुपमा १४० करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ। 

त्यसो भए फिल्मका मुख्य अभिनेता रकि भाइ अर्थात् यशले अभिनयका लागि कति पारिश्रमिक पाए त?
सञ्चारमाध्यममा आएका रिपोर्टकाअनुसार १२० करोड भारतीय रुपैयाँको लगानीमा बनेको फिल्मका लागि यशले २५ देखि ३० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन्।

यशको २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘केजिएफ’ प्रदर्शनमा आउनुअघि कन्नड फिल्महरुमा मात्रै चर्चा थियो। तर, केजिएफ प्रर्दशनमा आएसँगै यशको चर्चा र फिल्ममा उनको माग पनि उत्तिकै बढेको छ। 

‘केजिएफ २’को चर्चासँगै यशको  पारिश्रमिकमा पनि अब बृद्धि हुने बताइएको छ।

‘विष्ट’का लागि विजयको पारिश्रमिक ७० करोड
बाल्यकालबाटै फिल्म क्षेत्रमा अभिनय सुरु गरेका विजय पछिल्लो समयका निकै चर्चित दक्षिण भारतीय अभिनेता हुन्।

१९९० को दशकमा उनी अभिनित फिल्म ‘पोभे उनाक्कगा’ हिट भएसँगै उनको पारिश्रमिकमा पनि बृद्धि भएको थियो।

उक्त फिल्मले सिनेमा हलमा सिक्भर जुब्ली मनाएको थियो। बुधबारबाट प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘विष्ट’का अभिनेता विजय पनि धेरै पारिश्रमिक लिने कलाकारहरुमध्ये एक हुन्।

उनले पछिल्लो पटक आएको फिल्म ‘विष्ट’का लागि मात्रै ७० करोड भारतीय रुपैयाँ पारिश्रमिकको रुपमा लिएका छन्। 

समाचारमाध्यमका अनुसार ‘विष्ट’ कुल १५० करोड भारतीय रुपैयाँको लगानीमा निर्माण भएको छ। फिल्मले दोस्रो दिनसम्मको प्रदर्शनमार्फत १३० करोड भारतीय रुपैयाँ पनि कमाइसकेको छ। 

‘आरआरआर’का लागि राम चरण र जुनियर एनटिआरले लिए ४५ करोड
एसएस राजमौलीको पछिल्लो फिल्म ‘आरआरआर’ सिनेमा हलमा निकै हिट रह्यो। फिल्मले दुई साताको प्रदर्शनबीच १२ सय करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको थियो। 

उक्त फिल्ममा दक्षिण भारतीय दुई अभिनेता रामचरण र जुनियर एनटिआरको मुख्य भूमिका छ। दुवै कलाकारले फिल्मका लागि ४५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको सञ्चारमाध्यमले जनाएका छन्।

अल्लु अर्जुनदेखि अजितकुमार लिन्छन् यति पारिश्रमिक 
दक्षिण भारतमा अन्य अभिनेताहरु पनि छन् जो दर्शकमाझमा निकै चर्चित छन्। यी कलाकारको पनि पारिश्रमिक निकै धेरै रहेको छ। 

अभिनेता पवन कल्याणले एउटा फिल्ममा अभिनय गरेवापत अहिले ६० देखि ६५ करोड पारिश्रमिक लिने गरेका छन्। त्यस्तै, अभिनेता महेश बाबु ५५ करोड, अल्लु अर्जुन ५० करोड र चिरञ्जिवीले २५ करोड पारिश्रमिक लिने गरेका छन्।

पछिल्लो समयमा चर्चामा आएका अभिनेता अजित कुमारले भने एउटा फिल्मका लागि २५ करोडसम्म पारिश्रमिक लिने गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १४:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन शनिबार, माघ १७, २०८२
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड शनिबार, माघ १७, २०८२
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी शनिबार, माघ १७, २०८२
संयुक्त राष्ट्रसंघले वित्तीय संकटको सामना गरिरहेको छ : गुटेरेस शनिबार, माघ १७, २०८२
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्