काठमाडौं– कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। महानगरीय महानगरीय अपराध महाशाखाको समेतबाट खटिएको टोलीले ४ जनालाई भारतबाट पक्राउ गरेको हो।
पक्राउ परेकाहरुलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको महाशाखा स्रोतले जानकारी दिएको छ।
दास हत्या घटनाका मुख्य अभियुक्त प्रहरीलाई नै चुनौती दिँदै हिँडे पनि पक्राउ पर्न सकेका थिएनन् । कैलालीमा पुस पहिलो साता दासको घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव फेलापरेको थियो। अमरावती सामुदायिक जंगलमा नग्न अवस्थामा घाँटी रेटेको अवस्थामा दासको शव फेला परेको थियो।
दास हत्याका मुख्य अभियुक्त मनोज भण्डारी भएको प्रहरीले जनाएको छ। हत्यापछि मनोजले एक जनालाई फोन नै गरेर दासको हत्या गरेको भनेको अडियो नै सार्वजनिक भएको थियो।
त्यतिमात्रै होइन पछि 'हत्यारा हौं पक्राउ गरेर देखा' भन्दै भण्डारीले भिडियो नै सार्वजनिक गर्दै प्रहरीलाई चुनौती दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।