काठमााडौं– उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओमा करिब साढे २४ लाखको आवेदन परेको छ।
कम्पनीले चैत २५ गतेदेखि सर्वसाधारणलाई निष्कासनमा ल्याएको आईपीओमा माग भन्दा करिब १२४ गुणा बढीको आवेदन परेको हो। कम्पनीले सर्वसाधारणका लागि २ लाख २१ हजार १५६ कित्ता सेयर निष्कासन गरेका थियो।
अन्तिम दिन बुधबार साँझसम्म २४ लाख ३१ हजार १७० आवेदनबाट २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको २ करोड ७५ लाख ६५ हजार २३० कित्ता सेयरको लागि आवेदन परेको हो।
लघुवित्तको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले संस्थाको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ।
लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ भने प्रत्याभूतकर्ता प्रभु क्यापिटल रहेको छ।
हाल ४ करोड २० लाख रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी आईपीओ निष्कासनपश्चात् ६ करोड ५६ लाख २५ हजार रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।