१. स्थानीय तहको निर्वाचनको लागि मतपत्र छाप्ने क्रम जारी, ३९ जिल्लाको ७० लाख ३३ हजार मतपत्र छापियो, निर्वाचन सर्ने अभिव्यक्ति नदिन निर्वाचन आयोगको आग्रह (व्यस्त निर्वाचन आयोग)
२. वैदेशिक रोजगार विभागले शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति पूर्णरूपमा अनलाइनबाट मात्रै जारी गर्ने, कम्तिमा तीन दिन अगाडि श्रम स्वीकृतिका लागि अनलाइनबाट निवेदन दिन आग्रह । (श्रम स्वीकृति अनलाइनबाट मात्रै)
३. ओलीले कसलाई आफ्नो पार्टीमा जोड्न सकिन्छ भनेर यताउता चहारिरहेको कांग्रेस महामन्त्री गगन थापाको आरोप, चुनावअगाडि गरिने तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर नभएको तर्क । (गगन थापाको आरोप)
४. अर्थतन्त्र जोगाउन आयात निरुत्साहित गरी स्वदेशी उत्पादनमा जोड दिनुपर्ने अर्थविद्को सुझाव, आयातलाई कडाइ गरिने विभिन्न प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा लैजाने अर्थमन्त्रालयको तयारी । (अर्थविद्को सुझाव)
५. युक्रेनलाई थप ८ सय मिलियन डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने अमेरिकी घोषणा, यसमा पहिले नै उपलब्ध गराइसकेका धेरै प्रभावकारी हतियार प्रणालीहरू रहेको जानकारी । (अमेरिकाद्वारा युक्रेनलाई सहयोगको घोषणा)
६. र, भारतीय राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलर दीपक चहार करिब चार महिना मैदानबाहिर रहने, ढाडको चोटकै कारण अस्ट्रेलियामा हुने टी२० विश्वकपबाट पनि बाहिरिने सम्भावना । ( चहार करिब चार महिना मैदानबाहिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।