काठमाडौं– ८ लाख ४३ हजार रुपैयाँ नगदसहित ललितपुरबाट ११ जना 'जुवाडे' पक्राउ परेका छन्।
ललितपुरको गोदावरी नगरपालिका-१४ ठैवस्थित राजेश महर्जनको घरको पहिलो तलामा रहेको कोठामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा ललितपुर गोदावरी नगरपालिका-१४ ठैवका राजेश महर्जन (घरधनी), गोदावरी-१३ झरुवाराशीका नितेश थापा भन्ने कृष्ण थापा, गोदावरी-३ गोदावरी कुण्ड बस्ने सुमन पुरी, गोदावरी-३ टौखेल बस्ने सुदर्शन सुवेदी, गोदावरी-३ का कुमार तामाङ, गोदावरी-१४ ठैवका राजेश महर्जन छन्।
यस्तै, गोदावरी नगरपालिका-१ कार्कीटारका बिजय थापा, गोदावरी-१ गोदामचौरका कमल कार्की, गोदावरी-१० टाखेलका सन्तोष दुलाल, गोदावरी-३ शान्तिवन बस्ने सुनिल लामा तामाङ र पाँचथरको कुम्पाक गाउँपालिका-१ घर भइ हाल ललितपुरको गोदावरी-३ बसपार्क बस्ने प्रेम बहादुर फेउदिनलाई पनि प्रहरीले जुवा खालबाट पक्राउ गरेको छ।
प्रहरीले उनीहरुको साथबाट नगद ८ लाख ४३ हजार ६९० रुपैयाँ नगद र ३ बुक तास बरामद भएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।