• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

२०७९- परीक्षामा पार्टीका अजेन्डा र  जनताको विवेक

64x64
डिबी खड्का बिहीबार, वैशाख १, २०७९  २०:५६
1140x725

काठमाडौं– नयाँ वर्षले गत वर्षको एउटा महत्वपूर्ण परिदृष्य सँगै बोकी हिँडेको छ। त्यो हो, राजनीतिक ध्रुवीकरण। अजेन्डा र उद्देश्यका हिसाबले छरिरहेका नेपालका राजनीतिक दलहरु २०७९ सालबाट एउटा लयमा देखिनेछन्। वर्षको सुरुवात, तर यो महिनाको अन्तमा हुने निर्वाचनले नेपाली दलहरुलाई  दुई ध्रुवमा गोलबन्द गरेको छ। 

एक, नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका पार्टीहरु। 

अर्को, नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, परिवार दल लगायतका पार्टीहरु। 

विगतको जस्तो निर्वाचन केन्द्रित ध्रुवीकरण मात्रै होइन यो। अजेन्डा, उद्देश्य र विचारसहित उनीहरु यसरी गोलबन्द भइरहेका छन्। जसले  नेपालको राजनीतिलाई लयमा ल्याउने संकेत गरेको छ। 

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेका अनुसार कांग्रेस नेतृत्वको गठबन्धनले संविधान, संघीयता र गणतन्त्रका पक्षमा वकालत गर्नेछ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गरेको अवस्थाबाट निर्मित गठबन्धन यसलाई  टुट्न नदिन उक्त अजेन्डा निर्वाचन भन्दा परसम्म लैजान सक्नेछ। एमालेले भने राष्ट्रवाद, धार्मिक कन्जरभेटिभ मनोविज्ञान र संघीयता विरोधी भावनालाई गोलबन्द गर्दै अघि बढ्ने प्रयास गर्नेछ। 

दुई दलीय प्रणालीको बहस
दुई दलीय प्रणालीको लबिङ लागिरहेको छ एमाले। जुन चाहना कांग्रेसको पनि हो। वर्तमान निर्वाचन प्रणालीअनुसार धेरै दल हुँदा कुनै एक दलले स्पष्ट बहुमत ल्याउन सक्ने अवस्था छैन। त्यस्तो अवस्थामा साना दल राष्ट्रिय राजनीतिमा निर्णायक भइरहेका छन्। त्यसरी ध्रुवीकरण हुँदै जाँदा आफूहरुलाई लाभ पुग्ने अनुमान यी दलहरुको छ र २०७९ को एउटा महत्वपूर्ण अजेन्डाका रुपमा दुई दलीय प्रणाली उठ्ने राजनीतिक विश्लेषकहरुको अनुमान छ।

तर यसको तयारी एमाले र कांग्रेसले गरिसकेको देखिँदैन। दुईदलीय प्रणालीलाई कार्यान्वयन गर्नका लागि ती दलहरुले अहिलेदेखि नै एक्लै चुनाव लड्ने हिम्मत जुटाउनुपर्ने विश्लेषक उद्धव प्याकुरेलको बुझाइ छ। 

संघीयताका कारण क्षेत्रीय पार्टीहरु जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीहरु अहिले नै कमजोर नहुने विश्लेषक शर्मा बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले देखिएको दुईपक्षीय ध्रुवीकरण पनि स्थायी हुने सम्भावना कम देख्छन् राजनीतिक विश्लेषक प्याकुरेल। उनको विश्लेषण छ, 'राजनीतिक ध्रुवीकरण वर्तमान उद्देश्य प्राप्तिका लागि हो। यो स्थायी हुने सम्भावना कम छ। किनभने एमालेले राप्रपासँग गठबन्धन गरे पनि चरित्रका हिसाबले उनीहरु दुई किनार हुन्। त्यस्तै कांग्रस र माओवादी केन्द्रको गठबन्धन पनि 'आइडोलोजिकल्ली' मिल्दैन। लामो समय टिक्न गठबन्धनमा चरित्रगत स्पष्टता चाहिन्छ।'

विगतमा वाम गठबन्धन बनेर पार्टी एकीकरणसम्म भएको छ। त्यसले समेत स्थायित्व नदिएका कारण अहिलेका गठबन्धनबाट अपेक्षा धेरै गर्न नसकिने शर्माको भनाइ छ।  'यी आधारहरुमा उभिएर हेर्दा स्थिरताका कुरामा आशावादी त हुन सकिँदैन,' उनले भने, 'दलहरुले विगतबाट शिक्षा लिएका कारण केही सम्भावना भने छ।'

कम्युनिस्टमा मूलधार बन्ने प्रतिष्पर्धा
एमालेले अघि सारेको दुई दलीय प्रणालीको बहस तत्कालका लागि कम्युनिस्ट पार्टीको मूलधार बन्ने रणनीतिक कार्डका रुपमा बुझ्नुपर्ने विश्लेषकहरुको बुझाइ छ। नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी कम्युनिस्टको मूलधार बन्ने प्रयत्नमा छन्। 

'लोकतन्त्रवादीको समेत विश्वास जितेर कम्युनिस्टको मूलधार हुने लक्ष्यमा एमाले छ,'  शर्मा भन्छन्, 'तत्काल गठबन्धनका कारण माओवादीको अस्तित्व पनि कामय रहन्छ। माओवादी संगठन कमजोर भएपनि प्रचण्डको रणनीतिक चातुर्यताका कारण निर्णायक शक्तिका रुपमा उभ्याउँछ।'

अहिले प्रतिष्पर्धी दल कांग्रेस भए पनि आफ्नो भाषणमा कम्युनिस्ट नेताहरुले एकले अर्कोलाई निशानामा राख्नुको कारण उनीहरु आफैं भित्रको प्रतिष्पर्धा मुख्य कारण हो। एमालेले माओवादी केन्द्रका नेता-कार्यकर्तालाई केन्द्रमा राखेर पार्टी प्रवेश अभियान अघि बढाएको छ। माओवादी केन्द्रले पूर्व माओवादीहरुलाई समेटेर अघि बढ्ने रणनीति अख्तियार गरेको छ। 

माओवादीले एमाले कार्यकर्तालाई आकर्षित गर्न सकिरहेको छैन, तर त्यहाँबाट नेता-कार्यकर्ता नल्याएसम्म मूलधार नहुने निष्कर्षमा अध्यक्ष प्रचण्ड छन्। नयाँ वर्षकै दिन आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रममा उनले माओवादी एकता र ध्रुवीकरण भनेको कम्युनिस्ट कै केन्द्र बन्ने अभियान रहेको बताएका छन्। माओवादीहरु फेरि एक ठाउँ जम्मा भएर मात्रै उद्देश्य पूरा नहुने उनको भनाइ छ।  'माओवादी मात्रै जम्मा भएर समाजवादी आन्दोलन सफल पार्न मुस्किल पर्छ। अरु कम्युनिस्ट पार्टीका नेता र कार्यकर्तालाई ल्याउनुपर्छ। तर नेतृत्व हामीले गर्नुपर्छ,' उनले भने, 'सम्पूर्ण इमानदार कम्युनिस्टलाई नेतृत्व गर्ने ताकत हामीसँग छ।'

अहिले पार्टी र संगठनका हिसाबले एमाले बलियो जस्तो देखिए पनि कम्युनिस्ट शक्ति 'स्विङ' हुने गरेको विगत रहेको विश्लेषक प्याकुरेल बताउँछन्। उनले भने, 'नेपालको लेफ्ट भोट एकदमै सुइङ गर्छ। २०६४ मा माओवादी बलियो भयो। एमाले सकियो भन्थे। अस्तित्व जोगाउन एमालेलाई माओवादीसँग मिल्नुपर्ने अवस्था देखिनथ्यो। २०७० सम्म माओवादी कम्युनिस्टको मूलधार रह्यो। फेरि २०७४ सम्म त्यो सुइङ भएर एमालेमा पुग्यो।  कम्युनिस्टमा रहेको मध्यमवर्ग कांग्रेसलाई समर्थन गर्ने तीनपल्ट सोच्ने भएपनि कम्युनिस्टमा यताउता सजिलै गर्छ।'

अजेन्डा अनुमोदन खोज्दै दल, भविष्यको फैसलामा जनता
२०७९ साल नेपालको भाग्य-भविष्य तय गर्ने वर्षका रुपमा उपस्थित छ। नयाँ वर्षले आंगन टेकेलगत्तै आमजनलाई आफ्नो भाग्य भविष्य कोर्ने मौका दिएको छ। वैशाख ३० गते स्थानीय तहका जनप्रतिनिधि रोज्न पाइनेछ। त्यसैगरी आगामी मंसिरमा प्रदेश र संघीय निर्वाचन हुनेछन्। संघीयता कार्यान्वयनको दोस्रो कार्यकालमा नेताहरुबाट परिपक्वताको अपेक्षा गरिनेछ भने आमजनले त्यसको अर्थ बुझेका कारण मतदान गर्दा परम्परागत मान्यताबाट माथि उठ्न सक्ने सम्भावना छ। 

राजनीतिक दलहरुले भने यसलाई आफ्नो अजेन्डाको अनुमोदनका रुपमा लिएका छन्। उनीहरुले नेपाली नयाँ वर्षको अवसरमा दिएका शुभकामना समेत 'राजनीतिक रङ' मिसिएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाको शुभकामना छ, 'सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप मजबुत बनाउँदै जनताको विकास र समृद्धिको आकांक्षालाई यथाशीघ्र पूरा गर्ने अभियानमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सफलता मिलोस्।'

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुभकामनामा गठबन्धनको पक्षमा मत समेत मागेका छन्। 'देश, लोकतन्त्र र संविधानविरुद्ध देखापरेको प्रतिगमनकारी षड्यन्त्रलाई चिर्दै मुलुक, लोकतन्त्र र संविधानको रक्षामा निर्माण भएको प्रतिगमन विरोधी वाम–लोकतान्त्रिक गठबन्धनलाई अभिमत प्रकट गर्न आग्रह गर्दछु,' उनले भनेका छन्। 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले 'क्रान्तिकारी बिद्रोह'लाई अनुमोदन गर्ने अवसरका रुपमा चित्रित गरेका छन्। ‘बितेको वर्ष २०७८ साल हामीले देश, लोकतन्त्र र संविधान रक्षाका लागि क्रान्तिकारी विद्रोह गरेको वर्षका रुपमा स्मरणीय रहनेछ,’ उनले भनेका छन्, ‘नयाँ वर्ष २०७९ को सुरुवातसँगै हामीले गत वर्ष गरेको त्यो विद्रोहलाई जनताबाट अनुमोदन गराउने ऐतिहासिक अवसर नजिक आएको छ।’

गठबन्धनका तर्फबाट यसरी शुभकामना व्यक्त भयो। त्यसको अर्को ध्रुवमा रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो वर्ष देशको भविष्य निर्धारण गर्ने जनमत संग्रह हुने भएकाले सचेत भएर निर्णय गर्न उनले शुभकामना सन्देशमार्फत् आग्रह गरेका छन्। 'गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद रहेन। केही अवान्छित शक्तिहरुका प्रतिगामी उद्देश्य र केही राजनीतिक व्यक्तिहरुको जङ्गली आकाङ्क्षा, कुण्ठा र इर्ष्याका कारण केही वर्षदेखि सुरु भएको हाम्रो विकास र समृद्धि तर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुन पुग्यो,’ उनले भनेका छन्, ‘नयाँ वर्षको यस अवसरमा म जनविरोधी र राष्ट्रहीत विपरीत चल्ने स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन आग्रह गर्दछु।’

पार्टीका अजेन्डा यही वर्ष परीक्षण हुनेछन्। आफैंले प्रतिनिधि चुन्ने तर पछुताइरहने जनविवेकको परीक्षा पनि यिनै निर्वाचनले गर्नेछन्। 

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  २०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार गल्छी पुगेका ओलीले बाढीबाट प्रभावित नागरिकसँग भेट गरी उनीहरूका गुनासा सुनेका छन् । उक्त क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल, अ... बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई कसको मातहत राख्ने छलफल गरेर टुङ्ग... बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठक आगामी शनिबार दिउँसो १ बजे सानेपामा बस्ने जानकारी दिए । बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्