• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

२०७८ मा क्रिकेट : पारसको सन्यास र वाट्मोरको राजीनामा, क्यान–खेलाडी झमेलाले सन्दीपलाई मौका

64x64
दीप सुवेदी बिहीबार, वैशाख १, २०७९  १६:५१
1140x725

काठमाडौं– वर्ष २०७८ मा नेपाली खेलाडीको प्रदर्शनको कारण मात्र नभइ मैदानबाहिरको विवादले पनि क्रिकेटको चर्चा चुलियो। सर्वाधिक सफल कप्तान पारस खड्काको सन्यासदेखि ‘हाइ प्रोफाइल’ प्रशिक्षक डेभ वाट्मोरको राजीनामा, पुबुदु दासानायकेको पुनरागमन चर्चाको विषय बने।

नेपाल टी२० विश्वकप छनोटको नजिक पुगेर बाहिरियो। घरेलु मैदानमा खेलेका दुईवटा त्रिकोणात्मक टी२० सिरिज जित्न सफल भयो। तर, एकदिवसीय खेलमा भने उतारचढावपूर्ण प्रदर्शन भयो।

नेपाली क्रिकेटको नियामक निकाय नेपाल क्रिकेट संघ (क्यान) को कार्यशैलीले पनि चर्चा पायो। क्यानका सचिव अशोकनाथ प्याकुरेलले अकस्मात राजीनामा दिएर बाहिरिए। त्यसपछि उनको सदस्यता नवीकरण नगरिएपछि विवाद देखियो। क्यान–खेलाडी विवादले गएको वर्ष पनि निरन्तरता पायो। तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललगायत चार खेलाडीलाई गरिएको कारबाही र नयाँ कप्तान छनोट पनि चर्चामा रहे।

पारसको सन्यास
पारस खड्काले गएको वर्ष साउन १९ गते आफ्नो खेल जीवन टुंगिएको घोषणा गरे। उनले क्यानलाई जानकारी नदिइ एकैपटक सामाजिक सञ्जालमार्फत् खेल जीवनबाट सन्यासको घोषणा गरेका थिए।

यसअघि २०७६ असोज २८ असोजमा कप्तान पदबाट राजीनामा घोषणा गर्दा पनि क्यानसँग सल्लाह गरेका थिएनन्। सामाजिक सञ्जालमार्फत् राजीनामा घोषणा गर्नुअघि उनले क्यानलाई जानकारी पनि दिएका थिएनन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले क्यानमाथि हटाएको प्रतिबन्धको भोलिपल्ट नै उनले कप्तानबाट राजीनामा दिएका थिए।

उनले आईसीसी क्रिकेट लिग डिभिजन ५ बाट खेल्दै नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) मान्यता प्राप्त राष्ट्र बनाउन महत्त्वपूर्ण योगदान दिएका थिए। नेपालले सन् २०१८ मा ओडीआई मान्यता पाएको हो। खड्काको कप्तानीमा नेपालले सन् २०१४ मा पहिलो पटक टी२० विश्वकप पनि खेलेको थियो। 

खड्का नेपालको लागि ओडीआई र टी २० दुवैमा पहिलो शतक प्रहार गर्ने खेलाडी हुन्। उनले १० ओडीआई, ३३ टी२० अन्तर्राष्ट्रिय, दुई प्रथम श्रेणी, ४४ लिस्ट ‘ए’ र ५६ टी२० खेल खेलेका छन्।

क्यान सचिव र उपाध्यक्षको राजीनामा
सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले असोज पहिलो ‘आकस्मिक रूपमा’ राजीनामा दिए। आईसीसीले क्यानलाई निलम्बन सशर्त फुकुवा गरेको दिननै आफूले राजीनामा दिने योजना बनाएको प्याकुरेलले बताए । क्यानमा आफ्नो अभियान पूरा भएको हुँदा पद त्याग गरेको उनको भनाइ थियो।

nimb
nimb
Ncell 2
Ncell 2

दुई वर्षअघि असोज ११ मा चतुरबहादुर चन्द नेतृत्वमा प्याकुरेल सचिव पदमा निर्वाचित भएका थिए। उनले दुई वर्ष सचिवको कार्यभार सम्हाले। यसबीच क्यानले क्रिकेट विकासमा उचित काम गर्न नसकेको भन्दै आलोचना भइरह्यो।

पछिल्लो समय अध्यक्ष चन्द र कोषाअध्यक्ष रोशनकुमार सिंहसँग क्यानका प्रवक्ता समेत रहेका प्याकुरेलको सम्बन्ध बिग्रिएको थियो। कोषाध्यक्ष सिंहसँग त उनको बोलचाल नै थिएन। कतिपय क्यान सदस्यले प्याकुरेललाई एकलौटी रूपमा काम गर्ने गरेको आरोप लगाउने गरेका थिए।

एड प्याडलाई जर्सी प्रायोजक बनाउने, त्रिकोणात्मक एकदिवसीय सिरिजको व्यवस्थापनको जिम्ममा रु.१५ लाखमा जोरी स्पोर्ट्सलाई बिक्री गर्ने र नेपाल प्रिमियर लिग (एनपिएल) भारतीय कम्पनी सेभेन थ्री स्टारलाई ठेक्कामा दिनेमा प्याकुरेलको बढी हात रहेको आरोप पनि थियो। प्रवक्ताको भूमिकामा पनि प्याकुरेलको कामप्रति नेतृत्व र अन्य पदाधिकारीको असन्तुष्टि थियो। तर, राजीनामा घोषणा र त्यसपछि पनि क्यानबारे प्याकुरेलले केही बताएका छैनन्।

वाट्मोरको राजीनामा
मुख्य प्रशिक्षक भएर नेपाल आएका डेभ वाट्मोरको निकै चर्चा भयो। अस्ट्रेलियाका वाटमोर २०२१ जनवरीमा नेपाल आएका थिए। सन् १९९६ मा नेपालले आईसीसीको सदस्यता पाएपछि नेपाली राष्ट्रिय टोलीसँग जोडिएका उनी अहिलेसम्मकै ‘हाई प्रोफाइल’ प्रशिक्षक हुन्।

उनी सन् १९९५ मा श्रीलंकाको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएपछि त्यहाँको क्रिकेटमा कायपलट भएको थियो। उनलाई नियुक्त गर्नुको एकै कारण थियो, खस्किँदो ब्याटिङमा सुधार। नियुक्त भएको केही महिनामै उनको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा नेदरल्याण्ड्स र मलेसियासँग त्रिकोणात्मक टी२० आई सिरिज खेल्यो।

नेपालले यो प्रतियोगितामा लिग चरणका चारमध्ये तीन खेलमा जित हात पा¥यो। लिग चरणको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गर्दै सिरिजमा सानदार सुरुआत गरेको नेपाल दोस्रो खेलमा भने नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित हुन पुग्यो। अर्को टोली मलेसियालाई पहिलो खेलमा ९ विकेट तथा दोस्रो खेलमा ६९ रनले पराजित गरेको थियो।

नेपालले फाइनलमा नेदरल्याण्ड्सविरुद्ध १४२ रनको जित हात पारेको थियो, जुन टी२० आईमा नेपालको सर्वाधिक ठूलो रन अन्तरको जित हो। यसअघि रनको आधारमा नेपालले सन् २०१९ मा भुटानलाई १४१ रनले पराजित गरेको थियो। उनले नेपाली टोलीमा देखिएको ओपनरको समस्या समाधानका लागि नयाँ खेलाडी खोजी मात्रै गरेनन्, ब्याटिङमा सुधारिएको प्रदर्शनसमेत गराए। त्यही त्रिकोणात्मक सिरिजबाट कुशल भुर्तेल र आसिफ सेख नयाँ ओपनरका रूपमा उदाए। 

तर, वाट्मोर क्यानका अध्यक्ष चन्दलगायत क्रिकेट सम्बद्ध केही व्यक्तिको असहयोगका कारण नेपाल बस्न नसकेको बताइन्छ। नेपाली टोलीसँग कुबेतमा रहेको बेला उतैबाट वाट्मोरले भदौ ११ गते राजीनामा पठाएका थिए। उनले पारिवारिक समस्या देखाउँदै इमेलमार्फत् राजीनामा पठाए। 

नेपालले उनको प्रशिक्षणमा त्रिकोणात्मक सिरिजको उपाधि जिते पनि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओडीआई खेलहरुमा राम्रो प्रदर्शन गर्न सकेन। ओमानमा भएको ओडीआई सिरिजमा नेपालको ब्याटिङ र बलिङ दुवै नचल्दा ओमानसँग ५ विकेट र अमेरिकासँग ६ विकेटले पराजित भयो। दुवै खेलमा बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा नेपालको कमजोर प्रदर्शन रह्यो। अरु दुई खेलमा भने नेपालले ओमान र अमेरिकालाई पराजित गर्दै औषत प्रदर्शन गर्‍यो।

क्यान–खेलाडी विवाद र नयाँ कप्तान नियुक्त
वर्ष २०७८ मा क्यान र खेलाडीबीचको विवादले हलचल नै मच्चायो। तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले कात्तिक अन्तिम साता ग्रेडको असन्तुष्टिलाई लिएर सञ्चारमाध्यममा बोलेपछि विवाद सुरु भएको थियो। यही विवादका कारण क्यानले मल्ललाई कप्तान तथा ऐरीलाई उपकप्तानबाट बर्खास्त गरेको थियो।

क्यानले मंसिर २९ मा उनीहरूलाई बर्खास्त गरेपछि सन्दीप लामिछानेलाई नयाँ कप्तान बनायो। ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल र कमललाई अनुशासनको कारण देखाउँदै सन् २०२२ को सुरुआती ६ महिना ग्रेडमै नराख्ने निर्णय गरेको थियो। यी दुवै कारबाही फिर्ता हुनुपर्ने भन्दै ज्ञानेन्द्र समूहका १४ खेलाडीले टी२० विश्वकप अन्तर्गत ग्लोबल छनोटको लागि बन्द प्रशिक्षणमा सहभागी हुन अस्वीकार गरे।

क्यानले बोलाएका अधिकांश खेलाडी होटलमा उपलब्ध नभएपछि बन्द प्रशिक्षण नै प्रभावित बनेको थियो। पछि भैरहवामा बसेको क्यानको कार्यसमिति बैठकले कारबाही फिर्ता लिने निर्णय गरेको थियो। योसँगै यसअगाडि ‘बी’ ग्रेडमा रहेका सोमपाललाई ‘ए’ ग्रेडमा राखिएको छ। साथै, ओमान भ्रमणमा रहेका तर अनुबन्धनमा नरहेका खेलाडीहरू विक्रम सोव, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन स्वरूप जनहरु रु.१ लाख प्रदान गर्ने निर्णय गरेको थियो।

पुबुदुको पुनारागमन
गएको वर्ष प्रशिक्षकमा पबुदु दासानायकेले पुनरागमन गरे। ५१ वर्षीय पुबुदु यसअघि सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त भएका थिए। त्यतिबेला उनले श्रीलंकन प्रशिक्षक रोय डायसको स्थान लिएका थिए।

सन् २०१५ मा क्यानसँग विवाद भएपछि नेपाली क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका उनले पपुवान्युगिनीविरूद्ध अन्तिम खेल खेलाएका थिए। यद्यपि, उनी आईसीसीको अनुरोधमा सन् २०१७ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपालको कन्सल्ट्यान्ट प्रशिक्षक बनेका थिए। त्यतिबेला उनले नामिबियामा भएको सिरिज र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धका खेलमा नेपाली टिम सम्हालेका थिए।

पुबुदुको नेतृत्वमा नेपालले डिभिजन ४ हुँदै डिभिजन २ सम्मको यात्रा गरेको थियो। नेपालले उनकै प्रशिक्षणमा सन् २०१४ को टी२० विश्वकप खेलेको थियो। नेपाल छाडेपछि उनी सन् २०१६ मा अमेरिकाको प्रशिक्षक नियुक्त भएका थिए। उनले सन् २०१९ मा त्यहाँको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए। उनी तीन वर्षअघि एभरेस्ट प्रिमियर लिग (ईपीएल)टिम भैरहवा ग्लाडिएर्टसका प्रशिक्षकसमेत भएका थिए। 

महिला प्रतियोगिताको खडेर र खस्किएको यू–१९ टोली
यो वर्ष महिला प्रतियोगिता खासै हुन सकेन। लामो अन्तरालपछि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना भएको थियो। फाइनलमा एपीएफलाई हराउँदै प्रदेश १ ले उपाधि जित्यो। महिलातर्फ पनि अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने भनिए पनि हुन सकेन। 

यता, पुरुष यू–१९ टोलीको प्रदर्शन पनि खस्कियो। मलेसियामा भएको एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले समूह चरण पार गर्नु त परै जाओस् कुवेतसँग पनि एक विकेटले हार्न पुग्यो। नेपाल तीन खेलमा जितविहीन हुँदै बाहिरियो। 

नेपालले उमेर समूहको खेलमा यसअघि कुवेतसँग हारेको रेकर्ड थिएन। सबै खेलमा सहज जित हात पारेको थियो। नेपाल सन् २०१९ मा ८ विकेट, २०१५ मा ८३ रन, २०१४ मा २६२ रन र २०१३ मा ८४ रनले विजयी भएको थियो। तर, यसपटक खराब बलिङका कारण पराजित हुन पुग्यो। 

नेपालको प्रदर्शन कुवेतसँग मात्रै होइन बंगलादेश र श्रीलंकासँग पनि राम्रो रहेन। पहिलो खेल बंगलादेशसँग १५४ र दोस्रो खेल श्रीलंकासँग ६० रनले गुमायो। नेपाल समूह ‘बी’ कै कमजोर टोली साबित भयो।

फ्रेन्चाइजीमा सन्दीपलाई ‘नफापेको’ वर्ष
कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई यो वर्ष फ्रेन्चाइजी लिगमा खास सफलता मिलेन। उनी इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनमा लगातर दोस्रो वर्ष बिक्न सकेनन्। अक्सनमा सन्दीपले यस वर्ष न्यूनतम मूल्य ४० लाख भारु राखेका थिए।

दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा पहिलो पटक न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो। उनी आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए। उनले तीन सिजनमा कुल ९ खेलमा १३ विकेट लिएका थिए। 

त्यसअघि नेपाली खेलाडीले अबुधाबी टी १० लिग खेलेका थिए। त्यो खेलमा नेपालका करण केसी, सोमपाल कामी, कुशल मल्ल सहभागी बने। नेपाली टिमका पूर्वकप्तान पारस खड्का मेन्टरका रुपमा सहभागी थिए।

त्यसै समयमा सन्दीप पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न पाकिस्तान पुगेको बेलामा प्रतियोगिता स्थगित भयो। यता, दोस्रो संस्करणको ‘द हन्ड्रेड’ लिगमा पनि सन्दीप बिक्री भएनन्। सन्दीपले ड्राफ्टमा आफ्नो मूल्य ६० हजार पाउण्ड अर्थात् (झण्डै एक करोड नेपाली रूपैयाँ) राखेका थिए। 

गत संस्करण सन्दीप ओभल इन्भीन्सीबलबाट द हन्ड्रेड खेल्न छनोट भएका थिए। उनको मूल्य एक लाख पाउण्ड थियो। तर, भिसा समस्याका कारण इंग्ल्यान्ड पुगे पनि लगत्तै नेपाल फर्कनु परेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेटमा उतारचढावपूर्ण प्रदर्शन
नेपालका लागि गएको वर्ष महत्वपूर्ण प्रतियोगितामध्येको एक आईसीसी टी२० विश्वकप छनोट थियो। नेपाल दोस्रो पटक टी२० विश्वकप खेल्न अन्तिम खुड्किलोमा पुगे पनि पार हुन सकेन। ओमानमा भएको टी२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा युएईविरुद्ध पराजित भएपछि नेपालले अवसर गुमाएको हो।

नेपाली पुरुष क्रिकेट टोलीले यसै वर्ष ५०औं टी२० आई खेल खेल्यो। सन्दीपको कप्तानीमा त्रिवि मैदानमा भएको त्रिकोणात्मक टी२० क्रिकेट सिरिजको उपाधि पनि नेपालले जित्यो। नेपाल, मलेसिया र पपुवा न्यूगिनी सहभागी सिरिजअन्तर्गत नेपाल पाँच खेलमै अपराजित रहेको थियो।

व्यक्तिगत रूपमा करण केसीले टी२० आईको एकै खेलमा ५ विकेट तथा ह्याट्रिक पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बने। दीपेन्द्रसिंह ऐरीले मलेसियाविरुद्ध ११० रन जोडे, जुन नेपाली क्रिकेटरको लागि टी२० आईमा सर्वाधिक रनको कीर्तिमान हो। दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) टी२० आई वरीयताको अलराउन्डरतर्फ १०औं स्थानमा उक्लिए।

आईसीसीको कुनै पनि वरीयतामा शीर्ष १० मा अट्ने दीपेन्द्र पहिलो नेपाली खेलाडी हुन्। यसअघि सन् २०१९ मा टी२० आईको अलराउन्डरतर्फ पूर्वकप्तान पारस खड्का २५औं स्थानमा थिए।

ब्याटिङतर्फ भने दीपेन्द्र ३८औं स्थानमा छन्। दीपेन्द्रले घरेलु मैदानमा भएको पछिल्लो टी२० सिरिजमा पाँच खेलमा एक शतक र दुई अर्धशतकसहित कुल २५५ रन बनाए। बलिङमा पनि पाँच खेलमा ७ विकेट लिए।

ओडीआईमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग डिभिजन २ अन्तर्गत २०७८ मा जम्मा आठ खेल खेल्यो। जसमध्ये चारमा जित चार खेलमै पराजय भोग्नु पर्‍यो। नेपालले अमेरिका र ओमानलाई एक–एक पटक तथा पपुवा न्यूगिनीलाई दुई पटक पराजित गर्‍यो । त्यसैगरी, नेपालले ओमान र अमेरिकासँग एक–एक पटक तथा युएईविरुद्ध दुई पटक हार्न पुग्यो। 

नेपालले त्रिवि मैदानमा पपुवा न्यूगिनीविरुद्ध दुई खेलको ओडीआई सिरिज खेलेको थियो। एक खेलमा नेपालले २८६ रनको अहिलेसम्मकै सर्वाधिक योगफल तयार पर्‍यो। पपुवा न्यूगिनीजीविरुद्ध नै रोहितकुमार पौडेलले नेपालका लागि ओडीआईमा सर्वाधिक १२६ रन बनाए। 

पपुवा न्यूगिनीविरुद्ध देव खनाल र दीपेन्द्रसिंह ऐरीले त्रिवी मैदानमा सर्वाधिक १२९ रनको साझेदारी गर्ने कीर्तिमान कायम गरे। सन्दीपले ओडीआईमा पपुवा न्यूगिनीविरुद्ध विकेट लिँदै आफ्नो कुल विकेट संख्या ५० बनाए। उक्त कोसेढुंगा छुने उनी पहिलो नेपाली बलर बने।

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १६:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभरमा १८८ रन बनाएपछि १८९ रनको लक्ष्य पछ्याएको कर्नाटक २८ ओभरमा ७२ रनमै अलआउट भयो। मंगलबार, भदौ २, २०८३
स्कट कुगेलेइन तेस्रो सिजन पनि सुदूरपश्चिम रोयल्समै पुनः टोलीमा फर्किन पाउँदा उत्साहित रहेको कुगेलेइनले बताएका छन्। ‘म फेरि सुदूरपश्चिमबाट खेल्न उत्साहित छु,’ उनले भने। सोमबार, भदौ १, २०८३
एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रमका बीच शुक्रबार बिदाइ गरेको हो। शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्