१. नेकपा एमाले र राप्रपा नेपालबीच स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति, राप्रपाका उम्मेदवारले एमालेको सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने । ( एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल)
२. नेपालद्वारा थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम, रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा आएको प्रस्तावमाथि सरकारले महत्वका आधारमा भोट गरेको प्रतिक्रिया । (दुई देशसँग कुटनीतिक सम्बन्ध कायम)
३. सेयर कोरोबार अवधिभर फ्लोरसिट हेर्न नपाउने व्यवस्था गर्न नेप्सेलाई नेपाल धितोपत्र बोडको निर्देशन, लगानीकर्ताले अब पुनः ब्रोकर कार्यालयमा बसेर सेयर कारोबार विवरण हेर्न सक्ने । (नेप्सेलाई निर्देशन)
४. युक्रेनमा रुसी राष्ट्रपति पुटिनले जातीय नरसंहार मच्चाएको अमेरिकी राष्ट्रपति वाइडेनको आरोप, अमेरिकी परिवारको बजेट कुनै तानाशाहले छेडेको युद्ध र जातीय नरसंहारमा भर पर्न नहुने उल्लेख । (अमेरिकी राष्ट्रपति वाइडेनको आरोप)
५. र, नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी२० आई वरीयताको अलराउन्डरतर्फ १०औं स्थानमा उक्लिए, ब्याटिङतर्फ कुशल भुर्तेल ३६औं र बलिङतर्फ सन्दीप लामिछाने ३८औं स्थानमा । ( टी२० आई वरीयतामा दीपेन्द्रको फड्को)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।