काठमाडौं– पाँच सय दरका भारतीय नोट र नेपाली रुपैयाँसहित एक भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयबाट पक्राउ परेका छन्। भारतीय नागरिक ३२ वर्षीय कन्हैया लाललाई मंगलबार विमानस्थल प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट ५ सय दरका २१७ थान भारु (१ लाख ८ हजार ५ सय) र एक हजार दरका नेपाली रुपैयाँ ६१४ थान र ५ सय दरका ८० थान गरी ६ लाख ५४ हजार बरामद भएको छ।
मंगलबार इन्डिगो एयरको उडानमार्फत काठमाडौंबाट उनी दिल्ली जान लागेका थिए। कन्हैयाले बोकेको कालो रंगको ह्याण्ड ब्याग एक्स–रे मेसिनमा जाँच गर्ने क्रममा उक्त नोटहरु फेला परेका हुन्।
कन्हैयालाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।