काठमाडौं–जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले पाएका छन्।
बुधबार प्रहरी प्रधान कार्यालयले हेडक्वाटरस्थित जगेडा पुलमा कार्यरत एसपी राठौरको काज सरुवा गर्दै कैलाली प्रहरी प्रमुखको जिम्मेवारी दिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी विष्णकुमार केसीले बताए।
कैलालीमा कार्यरत रहेका एसपी विश्व अधिकारीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा सरुवा गरिएको छ । राठौरले यसअघि मकवानपुर र पर्साको प्रहरी प्रमुख भएर जिम्मेवारी सम्हालिसकेका छन्।
वैशाख ३० गते हुने भनिएको स्थानीय चुनावलाई लक्षित गर्दै निर्वाचन आयोगले आचार संहिता लागू गरिसकेको छ । आचार संहिता लागु भए पनि हेडक्वाटरले प्रहरीको काज सरुवा भने गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।