काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रुपैयाँ घुस लिएको आरोपमा प्रधानाध्यापकसहित दुई जनालाई पक्राउ गरेको छ।
आयोगले घुस लिएको आरोपमा श्री विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय जोकहा रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्रकुमार झालाई पक्राउ गरेको हो।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले प्रधानाध्यापक ठाकुरले अवधि थप गर्नका लागि घुस लिएको आरोप लागेको जानकारी दिए।
प्रवक्ता भण्डारीका अनुसार ठाकुर र झालाई रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठ्ठाबाट रंगेहात पक्राउ गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।