काठमाडौं– सिभिल बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ। बैंक र नेप्सेबीच सिभिल बैंकको १०.२५ प्रतिशत ब्याजदर भएको ‘सिभिल बैंक डिबेन्चर २०८८’ ऋणपत्रको क्रम संख्या १ देखि ३० हजार कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको हो।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
उक्त डिबेन्चर लक्ष्मी क्यापिटल मार्केटमार्फत बिक्री खुला गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।