काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जातीय नरसंहार मच्चाएको आरोप लगाएका छन्। वाइडेनले यसअघि रुसमाथि युद्ध अपराधको आरोप लगाएका थिए।
बढ्दो इन्धन मूल्यसम्बन्धी नियन्त्रणका उपायहरू बताउने क्रममा वाइडेनले आयोवा राज्यमा आयोजित कार्यक्रममा यस्तो बताएका थिए । उनले अमेरिकी परिवारको बजेट र इन्धनको मूल्य तिर्ने क्षमता आधा संसार पर रहेको कुनै तानाशाहले छेडेको युद्ध र जातीय नरसंहारमा भर पर्न नहुने बताएका थिए।
त्यसपछि उनले उक्त आरोपमा पुन: जोड दिँदै पुटिनले युक्रेनी हुनु नै अपराधझैँ गरेको र त्यो सोझै जातीय नरसंहार जस्तो आफूलाई लागेको बताए।
आफ्नो टिप्पणीको व्याख्या गर्दै उनले आफूले नरसंहार भनेको र त्यो कुरा पुटिनका क्रियाकलापका कारण झन् झन् स्पष्ट हुँदै गएको पनि बताएको बीबीसीले उल्लेख गरेको छ। त्यसका निम्ति प्रमाणहरू पनि एकपछि अर्को प्राप्त हुँदै गएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।