काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु भारतीय दूतावास पुगेका छन्।
बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सकिएपछि प्रधानमन्त्री देउवासहित नेताहरु लैनचौरस्थित भारतीय दूतावास पुगेका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लैनचौर पुगेका छन्।
नेपालका लागि भारतीय विनयमोहन क्वात्राको बिदाईका लागि आयोजित रात्रिभोजमा सहभागी हुन प्रधानमन्त्रीसहित नेताहरु दूतावास पुगेका हुन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरु पनि क्वात्राको 'बिदाइ भोज'मा सरिक हुन लैनचौर पुगेका छन्। एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ सहित नेताहरु लैनचौर पुगेका हुन्।
राजदूत रहेका क्वात्रा भारतीय विदेश मन्त्रालयको सचिवमा बढुवा भएपछि दिल्ली फर्किन लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।