• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सक्षमलाई जिम्मेवारी दिन अर्थमन्त्रीसँग असन्तुष्ट कांग्रेस नेताहरूको माग, गभर्नरमा वाग्ले र खनालसहितका अर्थशास्त्रीको चर्चा

64x64
नेपाल लाइभ मंगलबार, चैत २९, २०७८  १८:३९
1140x725

काठमाडौं– सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेसँगै नेपाली कांग्रेसभित्र असन्तुष्टि देखियो। यस्तो कार्यले आसन्न निर्वाचनमा पार्टीलाई असर पार्ने भन्दै केन्द्रीय नेताहरुले नै शीर्ष नेतृत्वको ध्यानाकर्षण गरे। अब गभर्नर फेर्नै परे पार्टीको छवि सुध्रिने गरी कांग्रेसबाटै सक्षमलाई नियुक्त गर्न उनीहरूले माग गरेका छन्।

गोविन्द बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गरेसँगै स्थानीय निर्वाचनअघि नै अर्थ मन्त्रालयको जिम्मेवारी पनि फेर्नुपर्ने कांग्रेस नेताले माग गरेका छन्। उनीहरूले अर्थतन्त्रको ज्ञान भएकालाई मन्त्री र गभर्नरको रूपम ल्याउन शीर्ष नेतासँग लबिङ थालेका छन्। 

योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले अहिलेको आर्थिक संकट समाधानका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चिनिएका र सक्षमलाई जिम्मेवारी दिनुपर्ने बताए। उनले भने, ‘अहिले अर्थतन्त्र गम्भीर संकटको अवस्थामा छ, पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवादेखि शेखर कोइरालासम्मका शीर्ष नेताहरू गम्भीर रहेको मैले पाएको छु। अब राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा छवि बनाएइका र संकट समाधान गर्न सक्ने सक्षमलाई अघि सार्नुपर्छ।’

अर्थमन्त्री जनार्दन शर्माको कमजोर कार्यक्षमता र गलत कार्यशैलीका कारण सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस अप्ठ्यारोमा परेको अर्का एक नेताले बताए। उनका अनुसार कांग्रेस वृत्तमा डा. स्वर्णिम वाग्ले, रामेश्वर खनाल, विद्याधर मल्लिक लगायतमध्येबाट गभर्नर बनाउनुपर्ने चर्चा चल्न थालेको छ। कतिपयले विद्याधर मल्लिकलाई अर्थमन्त्रीको जिम्मेवारी दिन पनि माग गरेका छन्।

‘देशको अर्थतन्त्र बिग्रँदै गएको छ। राज्यको ढुकुटी वितरणमुखी क्षेत्रमा खर्च गर्नुपर्छ भन्ने दलहरुले समेत कांग्रेसमाथि प्रहार सुरु गरेका छन्,’ देउवा निकट ती नेताले भने, ‘यस्तो बेलामा नेपाली कांग्रेसले भविष्यमा समेत देखाउन मिल्ने काम गर्नुको विकल्प छैन।’ यसअघि अमेरिका, बेलायत र भारतको राजदूतमा योग्य व्यक्तिहरुको छनौट गर्दा जनतामा सकारात्मक सन्देश गएको उदाहरण दिँदै ती नेताले अब गभर्नरमा डा. स्वर्णिम वाग्ले, रामेश्वर खनाल, विद्याधर मल्लिक, डा. जगदीशचन्द्र पोखरेलजस्ता व्यक्तिमध्येबाट नियुक्त गर्नुपर्ने बताए।

यी व्यक्तिलाई ‘अर्थतन्त्रका विभिन्न क्षेत्र’ सम्हाल्न दिँदा त्यसले नतिजा दिने र भविष्यमा देखाउन मिल्ने काम हुने उनको तर्क छ। ‘अर्थतन्त्रका विभिन्न क्षेत्र’ भन्नाले अर्थ मन्त्रालयकै जिम्मेवारी फेर्न लागिएको हो वा होइन भन्नेबारे ती नेताले केही बताउन चाहेनन्।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले भुकम्पपछिको पुनर्निर्माण र विकासमा नेतृत्वदायी भूमिका खेलेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवाको विश्वासपात्र रहेका उनी पार्टीभित्रका सबै पक्षको स्वीकार्य व्यक्तिका रूपमा चिनिन्छन्। उनलाई गभर्नर बनाउँदा नीतिगत स्पष्टता मात्र नभइ, निजी क्षेत्रको आत्मविश्वास बढाउन र अहिले बिग्रिएको अवस्था सुधार्न पनि मद्दत पुग्ने एक अर्थशास्त्रीले बताए। वर्तमान अर्थमन्त्रीका कारण बनेका गलत नीतिहरुमा सुधार गर्न पनि वाग्ले सक्षम रहेको ती अर्थशास्त्रीको बुझाइ छ। 

वाग्लेको अन्तराष्ट्रिय छविको कारण गर्भनर नियुक्त गर्दा सकारात्मक सन्देश प्रवाह हुने र अर्थतन्त्र लयमा फर्काउन सजिलो हुने उनको भनाइ छ। ‘सम्भवतः अहिलेको आर्थिक संकटमा दलभित्र र बाहिर सकारात्मक सन्देश प्रवाह गर्नको लागि देउवाको अबको पहिलो छनौट उहाँ नै हुनुहुन्छ होला,’ ती अर्थशास्त्रीले भने, ‘विभिन्न समूहबाट आउनसक्ने दबाबलाई तर्कसंगत रूपमा अस्वीकार गर्नसक्ने क्षमता वाग्लेमा छ।’

Ncell 2
Ncell 2
nimb
nimb

गभर्नरका लागि पूर्वअर्थसचिव रामेश्वर खनालको नाम पनि कांग्रेस वृत्तमा चर्चामा छ। कांग्रेसले लिएका आर्थिक नीतिहरूको अध्ययन र कार्यान्वयनका लागि काम गरेका खनाल निडर र क्षमतावान् व्यक्तिको रूपमा परिचित छन्। आधारभूत नीतिगत पक्षहरूमा कसैसँग सम्झौता नगर्ने छवि बनाएका खनालको कांग्रेस केन्द्रीय कार्यसमितिमा पुगेका अर्बपति व्यापारी विनोद चौधरीसँग भने राम्रो सम्बन्ध छैन। कांग्रेसभित्र उनीजस्ता व्यक्तिलाई ल्याउन माग भए पनि कतिपयले विगतमा कांग्रेस छाडेको भनेर आलोचना गर्ने गरेका छन्।

‘संकटको बेलामा हामीले व्यक्तिको क्षमता हेर्ने हो। रामेश्वर खनाललाई आर्थिक प्रणाली सञ्चालनको प्रमुख स्थानमै राखेर उहाँको क्षमतालाई उपयोग गर्दा देशको दीर्घकालीन हित नै हुन्छ,’ कांग्रेस निकट अर्थशास्त्रीले भने। 

पूर्वमन्त्रीसमेत रहेका विद्याधर मल्लिकलाई पनि कांग्रेस वृत्तमा उच्च सम्मानका साथ हेरिन्छ। विवादमा नपरेका मल्लिकलाई राष्ट्र बैंक वा अर्थ मन्त्रालयजस्ता निकायमा ल्याउँदा कुनै अमुक स्वार्थ समूहको दबाबमा नपरी एउटा लयमा काम हुनसक्ने ती अर्थशास्त्रीले बताए।

कांग्रेस नेता गुरुराज घिमिरेले पन अब भागबन्डाभन्दा सक्षमलाई जिम्मेवारी दिनुपर्ने बताए। उनले भने, ‘एक जना व्यक्तिले नै समग्र रुपान्तरण गर्न सक्ने भन्ने त हुँदैन, तर कम्तीमा भिजन भएका व्यक्तिले नियुक्ति पाउँदा उसको कार्यसम्पादन र योगदानहरुको मूल्यांकन गर्न सहज हुन्छ।’

माओवादी नेताले आफन्तहरू मात्र नियुक्त गर्न थालेको भन्दै कांग्रेस नेता त्यसबाट पनि असन्तुष्ट छन्। ‘विगत केही समयदेखि आफ्ना मान्छे नियुक्त गर्ने क्रमले गर्दा देशका जल्दाबल्दा विषयहरुमा समेत पर्याप्त ध्यान पुग्न नसकेको देखिन्छ,’ कांग्रेसका एक नेताले भने, ‘यो अवस्था परिवर्तन गर्न अब कांग्रेसले विधागत ज्ञान भएका योग्य र सक्षम व्यक्तिहरूलाई अवसर दिएर पार्टीप्रति आम मानिसको भरोसा जित्न आवश्यक छ।’

अर्थतन्त्र बिग्रँदै गएको र आउँदा वर्षहरूमा यो अवस्था थप जटिल हुनसक्ने आँकलनसहित आर्थिक नीति तथा कार्यक्रमको सैद्धान्तिक र व्यवहारिक पाटो केलाउन सक्ने र जनस्तरमा त्यसलाई बुझाउन सक्ने व्यक्ति खोज्नुपर्ने उनको भनाइ छ। ‘राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई पनि अन्य निकायको जस्तै जो ल्याए पनि हेरिहाल्छ नी भन्ने सोचका कारण नेपाली कांग्रेस सत्तामा हुँदासमेत अर्थतन्त्रले लय गुमाउँदै गएको देखिन्छ,’ उनले भने। ती नेताका अनुसार कांग्रेसले गरेका उपलब्धिहरूलाई समेत स्वामित्व लिने र सकारात्मक सन्देश प्रवाह गर्ने काम गर्न नसकेको भन्दै शेरबहादुर देउवा, शेखर कोइराला, रामचन्द्र पौडेल र प्रकाशमान सिंहसहितका नेताहरूसम्म जिल्ला तहबाटै कुरा पुग्न थालेको छ।

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  १८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक निगमका अनुसार घरायसी उपभोक्तालाई ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न उपत्यकाका डिपो तथा विक्रेताबाट व्यावसायिक प्रयोजनका लागि ग्यास ब... बुधबार, भदौ १७, २०८३
चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ परिवारजनसँगको भेटमा मन्त्री श्रेष्ठले एक सातासमम आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडा अत्यन्त गहिरो हुने भन्दै त्यसलाई शब्... बुधबार, भदौ १७, २०८३
बाढीको विपत्तिपछि करदाता प्रोत्साहन पुरस्कार घोषणा स्थगित, भदौका विजेता असोज १ मा सार्वजनिक हुने विभागका अनुसार चालु आर्थिक वर्षदेखि प्रत्येक महिनाको १ गते र १६ गते सञ्चालन गरिँदै आएको पाक्षिक करदाता प्रोत्साहन (उपहार) पुरस्कार घ... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्