काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रियाका राजदूत क्यानरिना वजिरले शिष्टाचार भेटघाट गरेकी छन्।
गृह मन्त्रालयमा मंगलबार भएको भेटमा दुई देशबीचको आपशी सम्बन्ध प्रगाढ बनाउनेबारे कुराकानी भएको छ।
भेटमा काठमाडौँबाट अस्ट्रियाको राजधानी भियनामा सिधा उडान गर्नेबारे कुराकानी भएको थियो। गृहमन्त्री खाणले काठमाडौं–भियना उडान भएमा दुबै मुलुकलाई फाइदा हुने बताएका थिए। राजदूत वजिरले उडानबारे सरकारसँग पहल गर्ने बताइन्।
नेपाल र अस्ट्रियाबीच सन् १९५९ अगस्त १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। अस्ट्रियाले विशेषगरी सम्पदा क्षेत्रको संरक्षणमा नेपालमा सहयोग गर्दै आएको छ।
अस्ट्रियाले पाटन संग्रालयको पुनःस्थापना, केशर महल गार्डेन अर्फ ड्रिम्सको संरक्षण, नाम्चे जलविद्युत् र रोल्वालिङ पर्यावरणीय पर्यटनको पर्वद्धनलगायतमा सहयोग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।