काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले २०७४ सालमा प्राप्त मत भागबन्डाको एउटा मापदण्ड मात्रै हुने बताएका छन्। सम्पूर्ण रुपमा त्यसलाई हेरेर सत्ता साझेदार अन्य दललाई भागबन्डा गर्न नसकिने बताउँदै उनले कांग्रेस त्यो भन्दा बलियो रहेको बताएका छन्।
फागुन २० देखि चैत २९ सम्म चलाइएको 'घरघर जाउँ, कांग्रेस जिताउँ' अभियानको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने, '२०७४ को परिणाम एउटा मात्रै मापदण्ड हो। दलका साथीहरु यता र उता भएका छन्। नेपाली कांग्रेसमा मात्रै थपिएका छन्। अरुको यताउता भएका छन्।'
कांग्रेस ठूलो पार्टी भएकाले केही उदार भने हुन सक्ने उनको भनाइ छ। भागबन्डाका विषयमा हाल आइरहेका कुरा सत्य नभएको उनले बताएका छन्। स्थानीय आवश्यकताका आधारमा स्थानीय समितिहरुले तालमेल र भागबन्डा गर्ने उनको भनाइ छ।
तालमेल गर्दा कांग्रेसकै नेताहरुलाई अन्याय पर्न नदिने उनको भनाइ छ। गठबन्धनका सवै दललाई यथार्थवादी भएर आफ्नो प्रभावअनुसार दाबी गर्न भनिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।