काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा भित्र्याएका छन्।
'जनयुद्ध'मै समाहित भएर २०६४ को निर्वाचनमा उनले माओवादीको तर्फबाट कैलालीमा चुनाव समेत जितेका थिए। पछि उनी माओवादीबाट अलग्गिदै हाल जसपामा थिए।
पार्टीमा भित्र्याउँदै प्रचण्डले भने, 'कृष्णकुमार चौधरी कुन्दन मलाई मन पर्ने र भर पर्ने नाम थियो जनयुद्धमा। शान्ति प्रक्रियामा आएपछि २०६४ को चुनावमा अत्यधिक बहुमतले जित्नुभयो। उहाँ मूल पार्टीबाट अलग्गिदा चाहिँ दु:ख लाग्या थियो। नयाँ अनुभव र अनुभूतिसहित फर्किनुभयो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।