काठमाडौं– चालु आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्म देशबाट बाहिरिने र भित्रिने रकमको अन्तर (शोधनान्तर) २ खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको छ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको देखिएको हो।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधानन्तर स्थिति ६८ अर्ब १ करोड रुपैयाँले बचतमा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।