काठमाडौं- मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको छ। मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।
सोमबार सो हत्या भएको थियो। मारिएकामा छ जना महिला र दुई पुरुष छन्। त्यस्तै चार जना बालबालिका पनि रहेका सो कार्यालयले जनाएको छ।
अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको बताइएको छ। हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
अज्ञात व्यक्तिले घरैमा पुगेर उनीहरुको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ। अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको छ। गोली लागेर सात जनाको घरैमा मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा मृत्यु भएको समाचारमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।