काठमाडौं– बलिउड अभिनेता शाहरुख खानका छोरा सधैं जसो चर्चामा हुन्छन्। पछिल्लो पटक लागुऔषधको मुद्दामा पक्राउ समेत परेका उनी त्यसयता थप चर्चाको विषय बनेका छन्।
उक्त मुद्दामा निर्दोष पुष्टि भएका आर्यनलाई लिएर अहिले भने नयाँ खबर आएको छ। आर्यनले फिल्म क्षेत्रमै निर्देशकको रुपमा डेब्यु गर्ने भएका छन्।
आर्यनले एक वेब सिरिजमार्फत निर्देशकको भूमिकामा मनोरञ्जन क्षेत्रमा पाइला राख्न लागेका हुन्। ‘रेड चिलिज इन्टरटेनमेन्ट’ नामक कम्पनीले निर्माण गर्ने वेब सिरिजको निर्देशनका लागि आर्यनले काम गर्न लागेका हुन्।
आर्यनले ‘रेड चिलिज इन्टरनेटमेन्ट’का लागि एक वेब सिरिज र एक फिचर फिल्मको निर्देशन गर्ने भएका हुन्।
‘रेड चिलिज इन्टरटेनमेन्ट’ आर्यनकै बुवा शाहरुख र आमा गौरीको फिल्म निर्माण कम्पनी हो। आर्यनले कम्पनीका लागि निर्देशन गर्ने वेब सिरिज ‘अमेजोन प्राइम’मार्फत प्रदर्शनमा आउने तयारी रहेको छ।
आर्यनले वेब सिरिजलाई निर्देशनसँगै लेखनको पनि काम गर्ने भएका छन्। उक्त वेब सिरिजको छायांकनका लागि गत शुक्रबार र शनिबार परीक्षण छायांकन (टेस्ट सुट) पनि भएको छ।
हालसम्म नाम सार्वजनिक नगरिएको प्रोजेक्टलाई लिएर आर्यनले लामो समयदेखि काम गरिरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।