काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका डाइरेक्टर जनरल अफ आसाम राइफल्स लेफ्टिनेन्ट जनरल प्रदिप चन्द्र नैरबीच भेटवार्ता भएको छ।
नेपाली सेनाले दुई जना बीच जंगी अड्डा, भद्रकालीस्थित प्रधान सेनापति शर्माको कार्यकक्षमा भेटघाट भएको जनाएको छ।
भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जंगी अड्डाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।