काठमाडौं– राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसविरुद्ध लड्न एशियाली राष्ट्र दक्षिण कोरियासँग हतियार मागेका छन्।
सोमबार जेलेन्स्कीले दक्षिण कोरियाली सांसदहरूलाई भिडियोमार्फत् सम्बोधनमा गर्दै हतियार मागेका हुन्।
सम्बोधनको क्रममा उनले आफूलई ठूलो संख्यामा वायु रक्षा प्रणालीका साथै अज्य सैन्य साधन चाहिएको बताए। ‘हामीलाई वायु रक्षा प्रणाली, विमान, ट्याङ्क र अन्य सशस्त्र सवारी साधन, तोपखाना प्रणाली र गोला बारुद चाहिन्छ, जुन हाम्रो लागि अपरिहार्य छ,’ उनले भने।
अहिले पनि रुसी सेनाको घरेमा रहेको सहरका जनता आवश्यक वस्तुबिहिन भएको उनले बताए। यस्तै, मारिउपोल सहरमा लडाइँ जारी रहको पनि जानकारी दिए।
‘रूसी सेनाले घेरेको दक्षिणपूर्वी सहर निकासीलाई सुस्त बनाएको थियो, जहाँ मानिसहरू हप्ताहरूदेखि पानी, खाना र ऊर्जा आपूर्तिबिहीन छन्,’ उनले भने,‘मारिउपोलमा रूसको आक्रमणमा दशौं हजार युक्रेनीहरू मारिएका छन्। मारिउपोल ध्वस्त भएको छ। त्यहाँ हजारौंको संख्यामा मृतकहरू छन्, तर, रुसीहरूले आक्रमण रोकिरहेका छैनन्।’
यसैबीच, रुस समर्थित स्वघोषित डोनेट्स्क जनवादी गणतन्त्रका प्रमुख डेनिस पुशिलिनले सोमबार रुसको आरआईए समाचार एजेन्सीलाई मारिउपोलमा ५ हजारभन्दा बढी मानिस मारिएको हुनसक्ने बताए। जसको लागि उनले युक्रेनी सेनालाई दोष दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।