काठमाडौं– गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन समिति गठन गरि निलम्बन गरेको विषयमा अर्थमन्त्री जनार्दन शर्माले छानबिन समिति बनेको भन्दै पन्छिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले गभर्नरमाथिको कारबाही ठीक वा बेठीक भन्ने विषयमा अब समितिले नै भन्ने बताए।
‘गर्भनरमाथि छानबिन कानुन सम्वत नै हो। छानबिन समितिले प्रतिवेदन दिने छ’, उनले भने ‘समितिले काम गरेर दिएपछि सबै कुरा सामुन्ने आउने छ। उसलाई काम गर्न दिऔं।’
ऋण निक्षेपभन्दा कसरी धेरै भयो भनेर आफूले राष्ट्र बैंकसँग सोधेको बताए। ‘यो कहाँ कहाँ लगानी भयो। कहाँ कहाँ गयो भनेर हामीले नखोजेको हैन तर जान्न सकेनौं’, उनले भने, ‘सहुलियत कर्जा कहाँ गयो भनेर खोज्न मुस्किल भएको छ।’
उनले आफूले कसै र कुनै निकायमाथि हस्तक्षेप नगरेको दाबी पनि गरे। मन्त्री शर्माले आफू मन्त्री भएर आएकै दिन 'मलाई धेरै कुरा थाहा नहुनसक्छ सिकाउनु है, सहकार्य गर्नुपर्छ' भनेको स्मरण गरे।
उनले आफूले क्रिप्टोकरेन्सीका बारेमा जानकारी पाएलगत्तै गभर्नरलाई बोलाएर यसको अध्ययन गर्न भनेको तर लामो समयसम्म यो काम हुन नसकेको बताए। गाउँ गाउँसम्म पुगेपछि झस्कनुपर्ने अवस्था आएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।