बझाङको कार्यक्रममा एमाले अध्यक्ष ओली।
बझाङ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमालेको रिस गभर्नर महाप्रसाद अधिकारीमाथि पोखेको बताएका छन्। सोमबार बझाङ पुगेका उनले एमालेमाथि केही गर्न नसकेर गभर्नर निलम्बन गरेको आरोप लगाए।
‘यो सरकार आफू बदमासी गर्छ, कमिसनखोरी गर्छ। पुँजीपतिसँग मिलेर देशको अर्थतन्त्र ध्वस्त पार्छ। देशको लागि राम्रो गर्न खोज्ने गभर्नरमाथि खनिन्छ,’ उनले भने, ‘बिरालो रिसायो भने मान्छेलाई केही गर्न सक्दैन, खाँबो चिथोर्छ।’
उनले देशको अर्थतन्त्र राम्रो गर्न सुझाउने गभर्नर अधिकारीमाथिको आक्रमण एमालेसँगको बदला रहेको भन्दै उनले थपे, ‘यस सरकारलाई रिस उठेको एमालेसँग होला। केही गर्न सक्दैन। गभर्नरमाथि, राष्ट्रसेवकमाथि हमला गर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।