काठमाडौं- पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले शंकास्पद रकम छुटाउन दबाब दिएका अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिनका लागि आयोग गठन गर्नुपर्ने बताएका छन्।
उनले अर्थमन्त्री शर्माको बारेमा संसद्का समितिहरु किन सुतेर बसिरहेको भनेर प्रश्न पनि गरेका छन्।
'सत्तामा बस्नेहरुमा यस्तै अराजकता र भ्रष्ट्राचारी प्रवृत्ति बढेर गएको कारणले पनि श्रीलंकाको अर्थतन्त्र आजको बेहालमा पुगेको हो। यस्तो नहोस् भन्नका लागि पनि अर्थमन्त्रीसँग बयान लिन कमिसन गठन गरिनुपर्दछ। यसबारे संसद्का समितिहरु किन सुतेर बसिरहेका छन्?', फेसबुकमा लोहनीले लेखेका छन्।
उनले अर्थमन्त्रीले अवैध र गैरकानुनी भनेर एउटा मित्रराष्ट्रले रोक्न अनुरोध गरिएको ४० करोड रकमबारे अनुसन्धान हुँदाहुँदै किन छोडिदिनु भनी निर्णय गरे? भनेर प्रश्न गरेका छन्।
'यसकाबारे अवलम्ब छानबिन हुनुपर्छ र अर्थमन्त्रीसँग बयान लिनुपर्छ', उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।