काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले देशका नीतिहरू भाँडिएको आरोप लगाएका छन्।
काठमाडौंमा आइतबारदेखि सुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा सोमबार बोल्दै भट्टराईले यस्तो बताएका हुन्।
उनले अहिले देशमा विदेशी मुद्राहरुको सिञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने धारणा राखे। नेपाललले अहिले विदेशी मुद्रा आयात गर्ने भन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेकाले समस्या भएको उनको भनाइ छ।
नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थीहरु विदेश पलायन भइरहेको भट्टराईले बताए।
सचिव भट्टराईले जनशक्ति उत्पादन दिने कुरामा ध्यान दिँदै जनसंख्या र जनशक्ति उत्पादन गर्ने कुरालाई सन्तुलित बनाउन आवश्यक रहेको बताए।
सचिव भट्टराईले कुनैपनि उमेर समूहका मानिसहरुलाई स्वास्थ्यको आधारभूत सेवाबाट वञ्चित गर्न नहुने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।