काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोत साधनबीच नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको बताएका छन्।
आर्थिक वर्ष २०७७/७८ मा बेरुजु फस्र्यौट कार्यका सर्वोकृष्ट/उत्कृष्ट हुने कर्मचारी र सोमबारदेखि अवकाशमा जान लागेका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खलाललाई सम्मान गर्न आयोजित कार्यक्रममा गृहमन्त्री खाणले आगामी दिनमा पनि सुरक्षा निकायले योभन्दा राम्रो काम गर्ने अपेक्षा आफूले राखेको बताए।
‘सीमित स्रोत र साधनलाई उपयोग गरेर अहिलेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय छन्,’ गृहमन्त्री खाणले भने, ‘आगामी दिनमा योभन्दा अझ राम्रो काम सुरक्षा निकायले गर्ने अपेक्षा सरकारको छ।’
सुरक्षा निकायलाई विस्तारै स्रोत र साधनयुक्त बनाउने योजना सरकारको रहेको गृहमन्त्री खाणले बताए। गृहमन्त्री खाणले कार्यक्रममा बेरुजु फस्र्यौटमा सर्वोकृष्ट/उत्कृष्ट हुनेहरूलाई नगद र प्रशंशा पत्रले सम्मानसमेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।