भारत– झारखन्डस्थित देवघर जिल्लामा पर्ने त्रिकुटमा दुई केबलकार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। घटनामा अन्य ८ घाइते भएका छन्। दुर्घटनापछि १२
भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइतबार साँझ साढे ४ बजे दुर्घटना भएको थियो। उक्त दुर्घटनामा १० पर्यटक गम्भीर घाइते भएका थिए। तीमध्ये दुई जनाको मृत्यु भएको हो।
यस्तै, दुर्घटनापछि अन्य केबलकारको डिब्बामा बन्द हुँदा ४८ जना २० घन्टासम्म हावामै फसेका थिए। केबुलकारमै फसेका ४८ जनाको हेलिकोप्टरबाट उद्दार थालिएको बीबीसी हिन्दीले जनाएको छ।
अहिलेसम्म ६ जनाको उद्दार भएको र अझै ४२ जना फसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूलाई ड्रोनको सहायताले खाना र पानी पुर्याइएको छ।
घटनास्थलमा दुई वटा हेलिकोप्टर परिचालन गरिएको छ। उद्दारमा स्थानीयले पनि सहयोग गरिरहेको जनाइएको छ। स्थानीयले नै खाना र पानीको व्यवस्था गरेका हुन्।
केबल कारबाट निस्किने प्रयास गर्दै एक यात्रु। तस्बिर : इन्डियाडटकम
लामो समय कारमै फसेपछि आत्तिएका यात्रुमध्ये एक जोडीले भने त्यहाँबाट फाल हानेका थिए। गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल भर्ना गरिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
प्रारम्भिक अनुसन्धानमा प्राविधिक गडबडीका कारण घटना भएको समाचारहरूमा जनाइएको छ। अनुसन्धानपछि माथि थप जानकारी प्राप्त हुने त्यहाँका अधिकारीलाई उधृत गर्दै विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन्। उक्त केबलकार एक निजी कम्पनीले संचालन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।