काठमाडौं– धेरै पटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाएकी आरोही लाक्पा शेर्पाले आफ्नै कीर्तिमान तोड्न फेरि सगरमाथा आरोहण गर्ने भएकी छन्।
नौ पटक सफल आरोहण गरिसकेकी लाक्पा १० औँ पटक सगरमाथा आरोहणका लागि आधार शिविरतर्फ जान लागेको आरोहण आयोजक कम्पनी सेभेन समिट क्लबका प्रमुख मिङ्मा शेर्पाले जानकारी दिए।
संखुुवासभा मकालुकी लाक्पाले यसअघि सन् २०००, २००१, २००३, २००४, २००५, २००६, २०१६, २०१७, २०१८ मा सगरमाथाको आरोहण गरेका गरिसकेकी छन्। यो वर्षको आरोहणपछि धेरै पटक सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान तोडिने भएको छ।
शेर्पाले यसअघि एकपटक नेपाल तर्फको बाटोबाट र आठ पटक तिव्वत तर्फको बाटोबाट सगरमाथाको आरोहण गरेकी हुन्।
लाक्पा १५ जना अमेरिकी आरोहीसहित ३९ जनाको टोली लिएर गाइडको भूमिकामा सगरमाथा जाने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।