फाइल तस्बिर
काठमाडौं– यो सिजनमा पहिलो पटक धवलागिरिका सफल आरोहण भएको छ। दश जना विदेशी आरोही र १२ जना नेपाली गाइडसहितको २२ जनाको टोलीले धवलागिरि हिमालको सफल आरोहण गरेको हो। उनीहरुले गत शनिबार सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ।
पर्यटन विभागको तथ्याङ्कअनुसार यो सिजनमा धवलागिरि हिमाल आरोहणका लागि दुई आरोहणदलबाट १४ जना पुरुष र सात जना महिला गरी २१ जनाले आरोहण अनुमति लिएका छन्।
विभागका अनुसार यो वसन्त मौसममा १८ वटा हिमाल आरोहणका लागि ६१ वटा आरोहण दलबाट ५०५ जना आरोहीले आरोहणका लागि अनुमति लिएका छन्। यी मध्ये सबैभन्दा धेरै ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने भएका छन्।
विभागले आरोहण रोयल्टी शुल्कवापत यो वर्ष २९ करोड ७४ लाख ३४ हजार ८०१ रुपैयाँ राजस्व संकलन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।