काठमाडौं– चुनावी गठबन्धका विषयमा छलफल गर्न सत्तागठबन्धनको बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको बैठकमा आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटीबारे छलफल हुने बताइएको छ।
यसअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको आइतबार बसेको बैठकले चुनावमा हुने तालमेलबारे शीर्ष नेता बसेर टुंग्याउने निष्कर्ष निकालेको थियो।
आजको शीर्ष नेताको बैठकले स्थानीय तहबाट आएका प्रतिवेदनमाथि छलफल गरी आगामी रणनीति तय गर्ने बताइएको छ। शीर्ष नेताहरुको बैठकमा हुने छलफलका क्रममा प्राविधिक विषय मिलाउन आजै पौडेल नेतृत्वको समितिको बैठक समेत बस्ने जनाइएको छ।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।