काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा)ले आज (सोमबार) देखि देशव्यापी चुनावी अभियान थाल्ने भएको छ।
राप्रपाले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी देशव्यापी रुपमा ‘जनताको माझमा राप्रपा र घरदैलो अभियान’को औपचारिक थालनी गर्न लागेको हो।
पार्टीले हरेक जिल्लाका सदरमुकाममा गरिने अभियानको शुभारम्भ गर्दा साना ठूला आमसभा, कोणसभा गरिने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।
राप्रपाले स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्दा जनजागरणका लागि आफ्नो टोलमा पुगौं भन्ने नारा तय गरेको छ।
राप्रपाले निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उमेदवार छनौट एवं विभिन्न अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधि समेत खटाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।