काठमाडौं– भारतको राजधानी नयाँदिल्लीमा रहेको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा आइतबार राति विद्यार्थीहरूबीच झडप भएको छ।मांसहारी खानाको विषयमा भएको झडपमा केही विद्यार्थी घाइते भएकोसमाचारमा उल्लेख छ।
आइतबार जेएनयू होस्टेलको मेसमा मासु पकाउने राष्ट्रिय स्वंयसेवक संघसँग आवद्ध अखिल भारतीय विद्यार्थी परिषद् र वामपन्थी विद्यार्थी संगठनबीच विवाद भएको थियो। दुबै पक्षले एक–अर्काले आफ्ना साथीहरूलाई आक्रमण गरेको आरोप लगाएका छन्।
वामपन्थी विद्यार्थीहरूले परिषद्का कार्यकर्ताले मेसमा मासु पकाउन रोकेको र मारपिट गरेको आरोप लगाएका छन् भने परिषद्का विद्यार्थीले रामनवमीको पूजा चलिरहँदा आक्रमण भएको बताएका छन्।
नवरात्रको उपलक्ष्यमा नयाँदिल्लीका केही स्थानमा ९ दिनसम्म मासु बेच्न प्रतिबन्ध लगाइएको थियो। भारतको जेएनयूमा वामपन्थी र दक्षिण पन्थी विद्यार्थीहरूबीच विभिन्न विषयमा झडप भइरहन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।