• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

एन्फा कारबाही गर्न खुट्टा कमाउँछ, खेलाडी र अफिसियल तोडफोड गरिरहन्छन् !

64x64
दीप सुवेदी सोमबार, चैत २८, २०७८  ०७:०५
1140x725

काठमाडौं– फुटबल मैदानमा खेलाडीहरुले कला मात्र होइन, शारीरिक बल पनि प्रयोग गरिरहेका हुन्छन्। कहिलेकाहीँ त हात हालाहालकै अवस्था उत्पन्न हुन्छ। यस्तो बेला रेफ्रीको भूमिका निकै महत्त्वपूर्ण हुन्छ।

तर, कहिलेकाहीँ रेफ्रीले सम्हाल्दा सम्हाल्दै पनि फुटबल खेलाडीलाई बहिरबाट उक्साहट मिल्छ। त्यस्तो उक्साउने कार्य दर्शकबाट मात्रै होइन, संयम क्लबका अफिसियलमार्फत् नि हुन्छ। 

शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा यस्तै दृश्य देखियो, सहिद स्मारक ‘बी’ डिभिजन लिगको अन्तिम खेलमा। जुन खेलमा भिडेका थिए, श्रीकुमारी र ब्वाइज युनियन, मध्यपुर युथ एसोसियसन र नयाँबस्ती।

खेलमा मध्यपुरले नयाँबस्ती युथ क्लब र ब्वाइजले श्रीकुमारी क्लबलाई समान ३–१ गोल अन्तरले हरायो। मध्यपुरलाई जित दिलाउन सन्जिब थापामगर, आशिक गुरुङ र यमन राजबाहकले एक/एक गोल गरे। यता, ब्वाइज युनियनका लागि विवेक राई, मिलन लिम्बु र रञ्जित गुरुङको एक/एक गोल गरे।

जितसँगै १७ अंक बटुलेको मध्यपुरले रेलिगेशनबाट पार पायो। यता, १५ अंक जोडेको ब्वाइज युनियनले रेलिगेसनबाट बच्ने सम्भावना बलियो बनायो।

तर, खेल सकिएपछि नयाँबस्तीका खेलाडी र अफिसियल मैदानमा तोडफोडमै उत्रिए। आफूहरु बस्ने स्थान, प्लेयर बक्सलाई तोडफोड गर्नुका साथै कुर्सीसमेत भाँचे।

नयाँबस्तीलाई शनिबारको हारको नतिजाले रेलिगेशनमा पार्न सक्ने सम्भावना बढेको थियो। जग जाहेरै छ, जुन टोली एक लिगबाट अर्को लिगमा झर्‍यो त्यो टोली माथि उठ्न निकै समय लाग्छ। उदाहरणमा मध्यपुरलाई नै लिन सकिन्छ। 

पूर्व राष्ट्रिय गोलकिपर उपेन्द्रमान सिंहले २०६४ सालमा स्थापन गरेको मध्यपुर २०६८ सालमै ‘ए’ डिभिजन लिगमा उक्लिएको थियो। ‘ए’ डिभिजन लिगमा उक्लिने भक्तपुरको पहिलो क्लब बनेको मध्यपुर सोही सिजनमा रेलिगेशनमा पर्‍यो। ८ वर्षको अन्तरालमा पनि उक्त क्लब ‘ए’ डिभिजनमा उक्लिन संघर्ष गरिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

मध्यपुरको त्यो संघर्ष नयाँबस्तीका अफिसियलहरुले नदेखेका होइनन्। अहिले ‘बी’ मा रहेको क्लब ‘सी’मा झरे उक्लिन निक्कै संघर्ष गर्नुपर्ने उनीहरुले बुझेका छन्। त्यसैले उक्त हारको पीडा मैदानमा आक्रोशको रुपमा पोखे। 

लिग निर्देशक संजिव मिश्र भन्छन्,‘खेल सकिएपछि सकियो। तोडफोड गरेर नतिजा उल्टिने होइन। संयमित हुनुपर्ने ठाउँमा अफिसियल र खेलाडीहरु आक्रोशित देखिए, बनेको छबि समेत गुमाउन पुग्यो।’

सामाजिक युथ क्लब र टुसालले आइतबार अन्तिम खेलमा जित निकालेको खण्डमा नयाँ बस्ती रेलिगेशनमा पर्नसक्ने समिकरण निर्माण भएको थियो। तर, आइतबारको खेलमा खुमलटारले सामाजिकलाई २–१ ले पराजित गर्दा रानीपोखरी कर्नर टिम (आरसिटी) टुसाल युथ क्लबसँग गोलरहित बराबरीमा रोकियो।

टुसाल १५ अंकको साथ रेलिगेशन जोनबाट बाहिर निस्कियो। यता, सामाजिक १४ र झम्सिखेल ९ अंकसहित रेलिगेशनमा परे। 

Xtrem

Xtrem

शनिबारको खेलअघि रेलिगेसनबाट बच्ने दौडमा नयाँबस्तीसहित ६ टोली रहेका थिए। तालिकामा छैटौं स्थानमा रहेको टोलीदेखि १३औं स्थानको टोलीलाई रेलिगेशनको डर उत्तिकै थियो। 

सरस्वती क्लबको १७, वीरगञ्ज युनाइटेड, श्रीकुमारी क्लबको १६/१६ र नयाँबस्ती युथ तथा श्री भगवतीसँग १५ अंक थियो। यता, मध्यपुर, सामाजिक र टुसालसँग १४ अंक थियो। 

ब्वाइज युनियनले हार ब्यहोरेको भए सबै रेलिगेसनको खतरामा रहेका टोलीको समस्या टर्ने थियो। किनकि पराजित भए ब्वाइज युनियन १३ अंकका साथ तालिकाको १३औं स्थानमा यथावत् रहेर रेलिगेशनमा पर्ने निश्चित थियो। तर, ब्वाइज युनियन अन्तिम खेलमा जित निकाल्दै जोगियो। र, नयाँबस्ती, सामाजिक र टुसालसहित ३ टोलीको टाउको दुखाइ बनाएको थियो। 

करिब ३ हप्तामै दोहोरियो घटना
गत चैत ९ गते बुधबार ‘बी’ डिभिजन लिगमा शीर्ष स्थानमा उक्लने लक्ष्यसाथ उत्रिएको श्री भगवती टोखा बाँसबारीसँग २–१ ले पराजित भयो। बाँसबारीविरुद्ध खेल दौरान रेफ्रीको निर्णयमा असन्तुष्टि व्यक्त गर्दै अफिसियलले खेल सकिएलगत्तै मैदान प्रवेश गरेर रेफ्रीमाथि हातपात गरे।

तुरुन्तै मैदानमा सुरक्षा व्यवस्थाका लागि खटिएका सुरक्षा गार्ड र एन्फाका कर्मचारीले स्थिति साम्य पारेका थिए। लिग समितिले रेफ्रीमाथि हातपात गर्ने भगवती क्लब, टोखाका अफिसियल तथा प्रशिक्षकलाई प्रतिबन्ध लगायो।

खेलको ८४औं मिनेटमा रेफ्रीले दिएको पेनाल्टी र रातो कार्डको निर्णयदेखि नै टोखाका समर्थक थप आक्रोशित बनेका थिए। दर्जनौं संख्यामा खेल हेर्न उपस्थित टोखाका समर्थकले पनि रेफ्रीविरुद्ध नाराबाजी गरेका थिए। बेञ्चमा रहेका दुई अफिसियलले त खेलपछि रेफ्री र सहायक रेफ्रीमाथि नै हातपात गर्न भ्याए।

लिग समितिले खेल सकिएपछि टेक्निकल एरियाबाट खेल मैदान भित्र प्रवेश गरी उत्तेजित वातावरण सिर्जना गरेको भन्दै भगवतीका प्रशिक्षक शैलेश कर्माचार्यलाई तीन म्याचमा प्रशिक्षक हुन नपाउने गरी प्रतिबन्ध लगायो।

त्यस्तै, खेल मैदानभित्र प्रवेश गरी रेफ्रीहरुलाई कुटपिट गर्ने भगवती क्लबका टिम अफिसियलहरु राजाराम श्रेष्ठ र विक्रम डंगोल तथा खेल मैदानभित्र घटनालाई नियन्त्रण गर्न खोजिरहेका सुरक्षाकर्मीमाथि हातपात गरेका व्यवस्थापक दिपेन्द्र डंगोललाई ६ वटै म्याचमा टिम अफिसियल हुन नपाउने गरी प्रतिबन्ध गर्‍यो।

त्यस्तै, सो घटनामा प्लेयर वक्स, दर्शकदीर्घा, भीआईपी एरिया सबै तिरबाट खेल मैदान खेलाडी, प्रशिक्षक, टिम अफिसियल र टिम समर्थकहरु भित्र प्रवेश गरी उत्तेजित वातावरण बनाएर रेफ्री र सुरक्षाकर्मीमाथि कुटपिट गर्ने, अपशब्द प्रयोग गरी गाली गर्ने र आयोजक समितिमाथि पानीको बोतल प्रहार गर्ने जस्ता निन्दनीय कार्य गरेको भन्दै क्लबलाई ५० हजार रुपैयाँ जरिवानासमेत गरियो। तर, ३ हप्तामा नै पुनः सोही मैदानमा उस्तै प्रवृत्तिको घटना दोहोरिएको छ। 

खेलको क्रममा त्रुटिहरु पक्कै हुन्छ। तर, नयाँबस्तीका अफिसियल र खेलाडीहरुले प्लेयर बक्स नै तोडफोड गरे। भगवतीलाई फितलो कारबाही गर्दा नयाँबस्तीले समेत मौका उठाएको फुटबल विश्लेशकहरुको बुझाइ छ। तर, लिग निर्देशक मिश्रले भने यो कुरा अस्वीकार गर्छन्।  ‘हाम्रो नियत छुटकरा दिने थिएन। एन्फा लचिलोभन्दा पनि क्लब अनुशासनको दायरामाथि गएको हाम्रो बुझाइ हो। लिग नियमित सञ्चालन गर्न भगवतीलाई कारबाही गरेका थियौं। अब अनुशासन समितिले थप कारबाही आवश्यक भए गर्नेछ,’ उनले भने।

यसअघि २०७३ सालको ‘बी’ डिभिजन लिग दौरान श्री कुमारी क्लबका अफिसियलले यस्तै प्रकृतिको आक्रमण गरेका थिए। त्यसबेला एन्फाले कुमारीका तत्कालिन अध्यक्ष नकुल हमाल, टिम व्यवस्थापक अनुप अधिकारीलगायत अफिसियल र क्लबलाई २ वर्ष प्रतिबन्ध लगाएको थियो।

तर, मिश्र लिग समितिले यस्तो निर्णय गर्न नसक्ने बताउँछन्। ‘आवश्यक थप कारबाही गर्नु पर्ने भए कारबाहीका लागि एन्फा अनुशासन समितिमा सिफारिस गरिदिन एन्फा सचिवालयलाई अनुरोधसमेत गर्छौं। उहाँहरुले नै हो निर्णय गर्ने,’ उनी भन्छन्। 

उनका अनुसार खेल सकिएपछि संयमित हुन नसकेको भन्दै घटनामा संलग्न नयाँबस्तीका खेलाडी र अफिसियललाई कारबाही गर्ने प्रकिया अगाडि बढाइएको छ। नयाँबस्तीलाई पनि भगवतीकै नजिरमा टेकेर कारबाही हुने सम्भावना प्रवल छ।

‘यसबारे लिग कमिटीको बैठक बसेर सचिवालयलाई पत्र पठाउने कि अनुशासन समितिलाई भनेर निर्णय गर्नेछ। सोही प्रकिया अनुसार कारबाही अगाडि बढ्नेछ। केही दिनभित्रै लिग कमिटीको बैठक बस्नेछ,’ उनले भने।

विगतको नजिर के?
लिग फुटबलको इतिहासमा सबैभन्दा ठूलो सजाय ४० को दशकमा बालकुमारी खेल मण्डलले भोगेको थियो। गोलकिपर कप्तान चन्द्र महर्जनले रेफ्रीमाथि हातपात गरेपछि टोलीलाई सिधै ‘बी’ डिभिजनमा घटुवा गरिएको थियो।

२०६० पछिको लिगमा रेफ्रीमाथि हात हालेकै विषयमा मनाङ मर्स्याङदीका नविन न्यौपाने र विष्णु सुनुवारले एक/एक वर्ष प्रतिबन्धको सजाय पाएका थिए।

न्यौपानेले रेफ्री सुदीश पाण्डेलाई खेलकै दौरान धकेलेका थिए भने सुनुवारले रेफ्री सुरेन्द्र सिखाकारलाई पछाडिबाट आक्रमण गरेका थिए।

२०७३ मा ‘बी’ डिभिजन लिगको प्रतिस्पर्धामा खेलाडी अफिसियलहरू झगडामा उत्रिएपछि एन्फाले श्री कुमारी क्लबमाथि प्रतिबन्ध लगायो जसका कारण सो टोली ‘ए’ डिभिजनमा उक्लिनबाट वञ्चित भएको थियो।

एन्फाको निर्वाचनमा मत चाहिने भएपछि भने टोलीको प्रतिबन्ध फुकुवा भएको थियो। यता, खेल भावना विपरित काम गरेको भन्दै एन्फाले ९ वर्ष अगाडि मध्यपुर युथ एसोसियसनलाई ११ महिना फुटबल खेल्नबाट प्रतिबन्ध लगाएको थियो।

टोलीका केही खेलाडी र अफिसियलहरूलाई पनि जरिवाना गरिएको थियो। यस्तै, २०७६ मा मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि एन्फाको अनुशासन समितिले  मछिन्द्र क्लब र मनाङका ६ खेलाडीलाई कारबाही गरेको थियो। मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई पाँच/पाँच खेल तथा रञ्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध लगाइएको थियो।

मच्छिन्द्रका विजय धिमाल, दीपक राई र देवेन्द्र तामाङलाई दुई/दुई खेलमा प्रतिबन्ध लगाइएको थियो। यस्तै, जगजित र अशोकलाई जनही १० हजार जरिवाना गरिएको थियो। मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमाथि प्रतिबन्ध लगाउँदै १० हजार जरिवाना गरिएको थियो।

यसैगरी आ–आफ्ना टोलीका खेलाडीलाई अनुशासनमा राख्न नसकेकामा मछिन्द्र र मनाङ क्लबलाई ५० हजार जरिवाना गरिएको थियो। 

एन्फा अनुशासन समितिका एक सदस्य भन्छन्, ‘यदि खेलाडीहरूलाई अहिले नै अनुशासनमा कस्न सकिएन भने भविष्यमा खेलहरू सञ्चालन गर्न गार्‍हो हुन्छ। एन्फा यस मामिलामा गम्भीर हुनु जरुरी छ। यदि अहिले कडा कारबाही गर्न एन्फाले खुट्टा कमायो भने यसले लिगका आगामी खेलहरूमा ठूलो समस्या निम्त्याउन सक्छ।’

यसअघि जेठ १५ गते कार्यसमिति चयनको निर्वाचन हुने भनिएको थियो। तर, फिफा र एएफसीको प्रतिनिधि उक्त मितिमा नेपाल आउन नसक्ने कारण जनाउँदै एन्फाले निर्वाचन सारेको छ। एन्फाको नयाँ कार्यसमितिको लागि असार ६ गते मिति तोकिएको छ।

आसन्न एन्फा निर्वाचनमा अध्यक्षका आकांक्षी हालका अध्यक्ष कर्माछिरिङ शेर्पा र  वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ छन्। उनीहरु निर्वाचन प्रतिनिधि आफूतर्फ तान्नमा केन्द्रित छन्। 

गत बिहीबार निर्धारित ‘बी’ र ‘सी’ डिभिजन क्लबको निर्वाचन प्रतिनिधि छनोट प्रक्रिया स्थगन गरिएपछि नेम्वाङ समूहले सातदोबाटोस्थित मुख्यालयको निर्वाचन समितिको कक्षमा तोडफोड गरे।

तोडफोडबाट कार्यालयमा रहेको कम्प्युटर, प्रिन्टरलगायतका समाग्रीमा क्षति पुगेको छ। एन्फाको निर्वाचन तालिकाअनुसार मुख्यालयमा बिहीबार दुवै लिगका क्लबहरू उपस्थित हुँदाहुँदै अध्यक्ष शेर्पा नेतृत्वले आफू अनुकुल वातावरण नदेखिएकाले स्थगित गरेको भन्दै नेम्वाङ समूहका केन्द्रीय सदस्य दावा लामाले तोडफोड गरेका थिए।

तर, यति ठूलो घटनामा संलग्न हुँदासमेत लामालाई कारबाहीको प्रकिया अगाडि बढाइएको एन्फाले कुनै औपचारिक सूचना जारी गरेको छैन। विगतकै नजिर हेर्ने हो भने भगवतीलाई कम सजाय सुनाइएको छ। र, नयाँबस्तीमाथि त कारबाहीको प्रकिया अगाडि बढाउने सुरसार नै छैन।

एन्फा निर्वाचनकै क्रममा यस्तो घटना घटेको कारण नेतृत्वले कारबाही गर्छ वा विगतमा जस्तै लचिलो भएर अगाडि बढ्छ त्यो हेर्नलायक हुनेछ।

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
स्पेनको जितमा यमलको २ गोल लामिन यमलले दुई गोल गरेपछि विश्वकप विजेता स्पेनले क्रोएसियालाई ४–१ ले पराजित गरेको छ। बुधबार, असोज १४, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार जर्गेन क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार बेहोरेको छ। यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा दिमित्रिस कुर्बेलिसले निर्णायक ग... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्