काठमाडौं– पाकिस्तानको प्रधानमन्त्री पदको दौडमा शाहबाज शरीफ र शाह महमूद कुरैशी आमनेसामने छन्। संयुक्त विपक्षी दलले शरीफलाई उम्मेदवार बनाएको छ भने पाकिस्तान तहरीक–ए–इन्साफले कुरैशीलाई उम्मेदवार बनाएको छ।
पाकिस्तानमा सोमबार नयाँ प्रधानमन्त्रीको निर्वाचन हुँदैछ। यसअघि पाकिस्तानी संसद्मा अविश्वासको प्रस्तावमा इमरान खानको पार्टी पराजित भएको थियो। इमरानको विपक्षमा १७४ मत परेको थियो।
पाकिस्तानको सर्वोच्च अदालतले अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुखको निर्णयलाई बदर गरेको थियो। त्यसपछि सर्वोच्चले राष्ट्रियसभामा अविश्वासको प्रस्तावमाथि मतदान गर्न आदेश दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।