काठमाडौं– नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ।
युवा संघका नेता/कार्यकर्ताहरूले बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न, आर्थिक संकट समाधान गर्न माग गर्दै आइतबार बानेश्वरमा प्रदर्शन गरेर अर्थमन्त्री शर्माको राजीनामा मागेका हुन्।
उनीहरूले गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्वनको पनि बिरोध गरेका छन्। उनीहरूले गभर्नर निलम्वन फिर्ता गर्न माग गरे।
आर्थिक सुशासन कायम गर्न, संकट समाधान गर्न र व्यापार घाटा नियन्त्रण गर्न माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन्। युवा संघका नेता/कार्यकर्ताले कानुनमन्त्री गोविन्द बन्दीविरुद्ध पनि नारावाजी र प्रदर्शन गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।