काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, आपूर्ति र ढुवानी भाडा लगायतका समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन्।
पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न संगठनका प्रतिनिधीहसँग आइतबार छलफल गर्दै मन्त्री बडूले पेट्रोलियम पदार्थको क्षेत्रमा विश्वभर देखिएको संकटको असर नेपालमा पनि परेकोले यसको वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताए।
यस क्षेत्रमा कार्यरत उद्योगी व्यवसायी र ढुवानीकर्ताहरुको समस्या एवं माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताउँदै मन्त्री बडुले सबै मिलेर पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएकोसमस्या समाधान हुने उल्लेख गरे।
नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम ढुवानी महासंघ र पेट्रोलियम पदार्थ डिलर्स एसोसियसनका प्रतिनिधिहरुले पछिल्लो समय देखिएका समस्या र समस्या समाधानका लागि मन्त्री बडूको ध्यानाकर्षण गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।