काठमाडौं– अभिनेता बेन एफ्लेक र गायिका जेनिफर लोपेज एक पटक फेरि सम्बन्धमा बाँधिएका छन्। उनीहरुले २० वर्षअघि टुटेको आफ्नो सम्बन्धलाई अहिले पुनः निरन्तरता दिँदै इंगेजमेन्ट गरेका हुन्।
जेनिफर आफैंले यो कुराको जानकारी सामाजिक सञ्जालमा दिएकी छन्।
सन् २००० को सुरुवाती समयमा यी दुई जना सम्बन्धमा थिए । केही वर्ष अघिदेखि सम्बन्धमा रहेका उनीहरुले २००२ मा इंगेजमेन्ट गरेका थिए। तर, दुई वर्षपछि उननीहरुको सम्बन्ध टुटेको थियो।
शुक्रबार जेनिफरले आफ्नो जीवनको यो नयाँ अध्यायबारे दर्शकलाई जानकारी दिएकी छन्। २० वर्षअघि बिग्रिएको सम्बन्ध अहिले नयाँ उचाइमा पुगेको उनले बताएकी छन्।
बेन र जेनिफरले यसअघि सन् २००० को दशकको सुरुवातमा आफूहरु सम्बन्धमा भएको खुलाए। २००२ मा इंगेजमेन्टपछि उनीहरुको विवाह २००३ मा हुने बताइएको थियो। तर, विवाह स्थगित भयो। २००४ मा उनीहरु छुट्टिएका थिए। अहिले आएर उनीहरुले पुनः इंगेजमेन्ट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।