काठमाडौं– नेकपा एमालेका नेता एवं तीन पूर्वअर्थमन्त्रीहरूले अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वथा गलत निर्णय लिएको बताएका छन्।
मुलुकको पछिल्लो अर्थतन्त्रबारे आइतबार पत्रकार सम्मेलन गर्दै विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले यस्तो बताएका हुन्।
‘वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ–समूहको व्यावसायिक स्वार्थ पूरा गर्न नपाएको, अर्थतन्त्र सम्हाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठवन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएकोमा कुनै शंका छैन,’ उनीहरुले भनेका छन्।
अघिल्लो सरकारबाट नियुक्त भएकै कारण व्यावसायिक रुपमा दक्ष र इमानदार राष्ट्रसेवकहरू यो सरकारको कोपभाजनमा परेका दर्जनौं घटना रहेको उनीहरूले बताएका छन्।
गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलबाड गरिरहेको उनीहरुको टिप्पणी छ। ‘गठबन्धनले आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आफ्नो सक्कली रुप देखाएको छ,’ उनीहरुले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।