काठमाडौं– नेकपा एकीकृत समाजवादी कञ्चनपुरका जिल्ला उपाध्यक्ष रवीन्द्र कुँवर पुनः नेकपा एमालेमै फर्किएका छन्।
आइतबार एक कार्यक्रमबीच कुँवर एमालेमा प्रवेश गरेका हुन्। एमाले विभाजनपछि कुँवर एकीकृत समाजवादीमा लागेका थिए।
आइतबार एमालेका सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टसँग भेट गरी उनी एमालेमा नै फर्किएका हुन्।
अत्तरियास्थित आफ्नै निवासमा भट्टले कुँवरलाई एमालेमा स्वागत गरेका हुन्। कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका कुँवर कार्यकर्ता माझ बलियो पकड रहेका जिल्लास्तरीय नेता हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।