काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नरमाथि सरकारले नग्न हस्तक्षेप गरेको टिप्पणी गरेका छन्।
मुलुकको आर्थिक अवस्थाबारे एमालेको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘सरकारले लज्जास्पद र घृणित काम गरेको छ। उहाँको भूमिका अब्बल थियो,’ उनले भने, ‘सरकारका अवाञ्छित गतिविधिमा साथ नदिएका कारण आक्रमण भएको छ।’
गभर्नरले सरकारका गलत हस्तक्षेप अस्वीकार गरेकै कारणले उनलाई निलम्बन गर्ने काम भएको उनको भनाइ छ। ‘सरकारले हस्तक्षेप गर्ने काम भएको छ। यो निर्णय सच्याओस् नत्र अर्थतन्त्रलाई धराशयी बनाउने निश्चित छ। मुलुकको अर्थव्यवस्था माथि खेलवाड भएको छ,’ उनले भने, ‘व्यक्तिमाथिको होइन यो प्रणालीमाथिको आक्रमण भएको हो। भत्काउनका लागि गरिएको हस्तक्षेप हो।’
सरकारका कारणले गर्दा मुलुकको अर्थतन्त्र संकटउन्मुख हुँदै गएको भन्दै उनले अब पनि सार्थक हस्तक्षेप नगर्ने हो भने स्थिति असहज हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।