तस्बिर : नेपाल खेलकुद पत्रकार मञ्च। काठमाडौं– नेपाल एएफसी फुटसल एसियन कप छनोटमा उज्वेकिस्तानसँग पराजित भएको छ।
किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा आइतबार सम्पन्न खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ गोलअन्तरले पराजित भएको हो।
उज्वेकिस्तानका लागि रोपिभ इख्तियोरले दुई गोल गरे। यता, खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले एक/एक गोल गरे।
नेपालका मणि लामाले एक गोल फर्काए।
छनोटको सेन्ट्रल र साउथ जोनअन्तर्गत समूह 'बी' मा रहेको नेपालले दोस्रो खेल सोमबार ताजिकिस्तानसँग खेल्ने छ।
नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने छ।
समूह ‘ए’ मा इरान, आयोजक किर्गिस्तान, तुर्केमिनिस्तान र माल्दिभ्स परेका छन्। प्रतियोगिता अन्तर्गत साउथ तथा सेन्ट्रल जोनको दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीले सन् २०२२ मा कुवेतमा हुने एएफसी फुटसल एसियन कपमा स्थान बनाउनेछन्।
यस क्षेत्रबाट कुल ४ टोली छनोट हुँदा पश्चिमबाट ५, पुर्वबाट ३ तथा आसीआन क्षेत्रबाट ३ टोली छनोट हुनेछन्। आयोजक कुवेत अन्तिम चरणका लागि छनोट भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।