काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड र दराज अनलाइन सपिङबीच नयाँ वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ।
सम्झौताअनुसार बैंकका ग्राहकहरुले दराजबाट सामान खरिद गरी अनलाइन बाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
सम्झौता पत्रमा बैंकका तर्फबाट नायव महा–प्रबन्धक मुकुन्द सुवेदी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरे।
बैंकको कार्ड प्रयोगकर्ताले नयाँ वर्षको उपलक्ष्यमा हुनलागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिनदेखि सीमित समयको लागी डेबिट कार्डमार्फत् अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा १ हजार सम्मको छुट र क्रेडिट कार्डमार्फत् अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १ हजार ५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
उक्त छुट प्राप्त गर्नका लागि बैंकका ग्राहकले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्नेछ । ग्राहकलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आवेदन दिन बैंकले अनुरोध गरेको छ।
देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत् ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।