काठमाडौं– काठमाडौंको दक्षिणकाली नगरपालिका–१ को चाल्नाखेल, वोसनमा केबलकार सञ्चालनमा आउने भएको छ।
चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रालिले केबलकार सञ्चालन गर्ने भएको हो। चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रालिले पत्रकार सम्मेलनगरी यस विषयमा जानकारी गराएको हो।
कम्पनीका तर्फबाट सञ्चालक कमलेश कुमार अग्रवालले केवलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पूरा भएको र अब निर्माण प्रकृया सुरु हुने जानकारी दिए। उनका अनुसार अबको तीन वर्षमा निर्मण कार्य सम्पन्न भई सो केवलकार सञ्चालनमा आउने छ।
कम्पनीका अनुसार चम्पादेवी माताको मन्दिर रहेको डाँडाहरु गरी करीब बाइस हेक्टर वन क्षेत्र सरकारबाट प्राप्त भएको छ। केही प्राविधिक एवं कानुनी अवरोधहरुको निकास सर्वोच्च हदालतबाट २०७४ कात्तिक २८ को निर्णयबाट गरिसकेपछि यो परियोजनाको कार्य तीब्र गतिले प्रारम्भ गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले उक्त केबलकार सञ्चालनकालागि डिजाइन अष्ट्रियन कम्पनीबाट तयार गरिएको जनाएको छ। कम्पनीका अनुसार यहाँ ल्याइने केबलकार यूरोपियन केबलकार हुनेछ। कम्पनीले चम्पादेवी मन्दिरको डिजाइन वरिष्ठ आर्किटेक र वास्तु विशेषज्ञ शंकरनाथ रिमाल बाट गराएको जनाएको छ।
कम्पनीले उक्त केबलकार परियोजना निर्माणका लागि ५०० देखि ६०० करोड खर्च लाग्ने अनुमान गरेको छ। २०८१ को अन्त्यसम्क केबलकार निर्माणको काम सक्ने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।