काठमाडौं– दक्षिण सुडानको अबईस्थित युएन (संयुक्त राष्ट्रसंघ) मिसनमा नेपाली सेनाले शान्ति सैनिक खटाएको छ।
दक्षिण सुडानस्थित युनाइटेड नेसन अन्तरिम सेक्युरेटी फोर्स अबई (युनिसाफ) मिसनमा नेपाली सेनाले सेनानी सुवेश कायस्थको कमाण्डमा ६७ जना शान्ति सैनिकहरु खटाएको हो।
संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ खटिएको आएको नेपाली सेनाले पहिलो डफ्फाको प्रमुखको रुपमा कायस्थको कमाण्डमा टोली खटाएको हो । यो टोलीले हेडक्वाटर सपोर्ट युनिटको रुपमा काम गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।