काठमाडौं– सवारी ज्यानसम्बन्धी घटनाका आरोपी पक्राउ परेका छन्। पक्राउ पर्नेमा ओखलढुङ्गा सुनकोशी गाँउपालिका–२ घर भइ हाल काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–५ डाँछी बस्ने १९ वर्षीय मनकुमार तामाङ रहेका छन्।
बुधबार १५:३२ बजे काठमाडौं महानगरपालिका–१३ सोल्टिदोबाटोस्थित नेपाल ईन्भेष्टमेन्ट बैंक अगाडि सडकखण्डमा बा १७ च ४९०३ नंको टाटा भ्यान गाडिले बागमती प्रदेश ०२–०२८ प ७७२१ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो।
उक्त ठक्करबाट मोटरसाइकलमा सवार चन्द्रागिरी नगरपालिका–२ ठेगाना भएका अन्दाजी २८/३० को किशोर सुवेदी घाइते भएका थिए। उनको उपचारको क्रममा स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल बिहीबार मृत्यु भएको थियो।
प्रहरीका अनुसार तामाङ मोटरसाइकलाई ठक्कर दिएर फरार भएका थिए। अनुसन्धानको गर्दै जाँदा तामाङलाई बिहीबार डाँछीबाट नियन्त्रणमा लिइएको थियो।
घटनाका सम्बन्धमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अर्न्तगत सवारी ज्यान अपराधमा महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।